हाम्रोबारे

आजको खबर मिडिया प्रा.लि. काठमाडौँ, नेपालवि.सं. २०७१ सालमा कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भएको आजको खबर मिडिया प्रा.लि. ले आजको खबर डट कम (www.aajakokhabar.com) अनलाईन न्यूज पोर्टलमार्फत देशभर र विश्वका जुनसुकै कुनामा इन्टरनेट प्रविधिको प्रयोग गरी पलपलका समाचार अपडेट पुर्याउँदै आइरहेको छ । नेपालका अनलाईन न्यूज पोर्टलमध्ये आजको खबर पाठक संख्याको आधारमा सबैभन्दा अग्र पङ्तिमा रहेको छ । फेसबुक पेजमार्फत हामीलाई मनपराउने पाठकको संख्या अठार लाख (१.८ मिलियन) भन्दा बढी पुगिसकेको छ । यो क्रम तीब्र गतिमा बढि रहेको छ । यसले हाम्रो अनलाईन पत्रिका कति लोकप्रिय, विश्वासनिय र जिम्मेवार छ भन्ने कुराको प्रमाणित गर्दछ साथै हामीलाई पनि सत्य, तथ्य, निष्पक्ष र सूचनामूलक समाचार सम्प्रेषण गर्न अझ हौसला र प्रेरणा प्रदान गरेको छ । नेपालमा र देश बाहिर इन्टरनेट प्रयोगकर्ताको संख्या बढेसँगै मोबाइलबाटै इन्टरनेट चलाउने र समाचार तथा सूचना हेर्ने क्रम पछिल्लो समय अझ बढेको छ । यो तथ्याङ्क हेर्दा हरेक नेपालीको हात हातमा मोबाइल र घरघरमा इन्टरनेट सेवा पुग्नै लागेको छ । उनीहरु समाचार, विज्ञापन र सूचनाको लागि र...