दीपक मनाङ्गे र विप्लवका समूहका नेता नेकपा प्रवेश

मुख्य समाचार राजनीति विषेश समाचार समाज

काठमाडौं, १९ असार । गण्डकी प्रदेशका सांसद राजीव गुरुङ (दीपक मनाङ्गे) र विप्लव समूहका कास्की संयोजक पुष्प कार्की नेकपामा प्रवेश गरेका छन् । बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको हातबाट टिका लगाएर उनीहरु नेकपामा प्रवेश गरेका हुन् ।

मनाङ्गे र विप्लवका कास्की जिल्ला इन्चार्जलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गराउन पोखरास्थित नेकपाको गण्डकी प्रदेश कार्यालयमा एक कार्यक्रम आयोजना गरिएको थियो । मनाङ्गे मनाङ ‘ख’बाट स्वतन्त्र रुपमा प्रदेश सांसदमा निर्वाचित सांसद हुन् । उनलाई नेकपाले निर्वाचनमा जिताउन सहयोग गरेको थियो ।

जनप्रतिनिधि बनेपछि उच्च अदालत पाटनबाट दोपी ठहर भएपछि सार्वेच्चमा पुनरावेदन दिएका थिए । सर्वोच्चले उनलाई थुनामा नबसी मुद्दा लड्न सकने बाटो खोलिदिएको थियो ।