सन् २०३० सम्म उपत्यकामा विद्युतीय बस मात्रै चल्ने

आजको बजार मुख्य समाचार रोजगार विषेश समाचार

काठमाडौं, १७ असार । सन् २०३० सम्म काठमाडौं उपत्यकासहित प्रदेश नम्बर ३ मा विद्युतीय बस मात्र चलाउने लक्ष्य प्रदेश सरकारले लिएको । नेपालको बढ्दो व्यापार घाटालाई मध्यनजर गर्दै प्रदेश सरकारले उक्त लक्ष्य लिएको हो ।

देशमा आगामी तीन वर्षभित्र थप ३ हजार मेगावाट विद्युत थप हुने भन्दै प्रदेश सरकार, ललितपुर महानगर र काठमाडौं महानगरको साझेदारीमा विद्युतीय बस सञ्चालनमा ल्याउन लागिएको छ ।

त्यसका लागि प्रदेश ३ ले साझा यातायातलाई ३० करोड रुपैयाँ र ललितपुर महानगरले २ करोड ५० लाख रुपैँयाको सेयर किनेको छन् । यस्तै काठमाडौं महानगरले साझालाई विद्युतीय बस किन्नका लागि १० करोड रुपैयाँ दिने निर्णय गरेको छ ।
प्रदेश ३ का मूख्यमन्त्री डोरमणी पौडेलले प्रदेश सरकारको नीति अनुसार साझालाई पैसा दिएको बताए । आफ्नो सरकारले आगामी ११ वर्षभित्र उपत्यकामा डिजेल र पेट्रोलबाट चल्ने गाडीलाई पूर्ण रुपमा विस्थापन गर्ने बताए ।