मोटरसाइकल चोरी गर्ने गिरोहका ४ जना पक्राउ

मुख्य समाचार विषेश समाचार समाज

चितवन, १५ असार । चितवनमा प्रहरीले चोरीका २६ मोटरसाइकलसहित ४ जनालाई पक्राउ गरेको छ । प्रहरीले लामो सयमदेखि मोटरसाइकल चोरी गर्ने गिरोहसहित मोटरसाइकल पक्राउ गरेको हो ।

शनिबार भरतपुर महानगरपालिका वडा नम्बर २० शारदानगरबाट चोरहरुको गिरोहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । अनुसन्धानबाट उनीहरु लामो समयदेखि देशका विभिन्न भागमा गएर मोटरसाइकल चोरी गर्ने खुलेको छ ।

प्रहरीले चितवनका रोहित श्रेष्ठ, बाराका कृष्ण शाह र महावीर चौधरी तथा भारतीय नागरिक राजा कुमारलाई पक्राउ गरेको हो । यस्तै, उक्त गिरोहबाट ५३ थान ब्लुबुकसमेत बरामद भएको छ ।