ट्याक्टर दुर्घटनामा परि तीन विद्यार्थीको मृत्यु

मुख्य समाचार विषेश समाचार समाज

अछाम, ११ असार । अछाम जिल्लाको चौरपाटी गाँउपालिका ३ मा ट्याक्टर दुर्घटना हुँदा तीन जना विद्यार्थीको मृत्यु भएको छ । से१त ७८३९ नम्बरको ट्याक्टर दुघर्टना हुँदा जना दशपल्ले माविमा अध्ययनरत तीन विद्यार्थीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा रमेश साउद, लक्ष्मी साउद र काली साउद रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । यस्तै, दुर्घटनामा परी अन्य चार जना घाइते भएका छन् ।

प्रहरीका अनुसार रमेश एसईईको परिक्षा दिएर बसेका थिए भने लक्ष्मी कक्षा ९ मा र काली कक्षा ८ मा अध्ययनरत थिए । दुर्घटनामा परी घाइते भएका अन्य चार जनालाई उपचारका लागि अस्पताल लगिएको छ ।

ट्याक्टरका चालकले भने भागेर ज्यान जोगाएको बताइएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरीरहेको छ ।