घर पाउनेको सूचीबाट बाराका ५५६ पीडितको नाम गायब

मुख्य समाचार राजनीति विषेश समाचार

काठमाडौं, २ असार । गत चैतमा एक्कासी आएको हावाहुरीबाट सबैभन्दा बढी प्रभावित बाराको फेटागाउँपालिका १ लगायतका विभिन्न गाउँका ५ सय ५६ पीडितको नाम घर पाउने सूचीबाट हटाइएको छ ।

सेनाले पूर्ण क्षती भएका एक हजार ४०० घरहरुको सूची निकालेको थियो । तर, अहिले ८ सय ४६ घरहरुमात्र सुची अनुसार निमार्ण भईरहेका छन् ।

वैशाख २१ म सरकारका उपप्रधानमन्त्री उपेन्द्र यादवसहित ११ मन्त्री र प्रदश २ का मुख्यमन्त्री लालबाबु राउतले निमार्ण कार्य सुरु गर्दा एक हजार ४०० घर नै निमार्णको सूचीमा थिए । तर, अहिले आठ सय ४६ घर मात्रै समेटिएपछि पीडितहरू जनप्रतिनिधिविरुद्ध आन्दोलित भएका छन् ।