नवलपरासीमा गए राती आएको हावाहुरीबाट ४० घरमा क्षति

मुख्य समाचार समाज

नवलपरासी, २७ जेठ, २०७६ । नवलपरासीको पूर्वी पहाडी इलाकामा आइतबार बेलुका आएको हावाहुरीले ४० घरमा क्षति पुर्याएको छ । बुलिगंटार गाउँपालिका –४ मा आएको हावाहुरीले घरसहित मकै बालिमा क्षति पुर्याएको हो ।

हुरीले चुलीबोझामा १०, ठूलो अर्खलामा ५ र अन्य स्थानमा २५ घर गरी कुल ४० घरमा क्षति पुगेको बताइएको छ । अप्रत्यासित रुपमा आएको हुरीले किसानको मकैलगायत अन्य बालीमा समेत नोक्सान पुगेको छ ।

हुरीपछि आएको वर्षाले दलदले बुलिगंटार मोटरबाटोसमेत अवरुद्ध भएको छ । यस्तै, सडक खण्डका विभिन्न स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

यस्तै, आइतबार साँझ परेको चट्याङले चुलीबोझामा ४५ बाख्रा मरेका छन् । तर, चट्याङमा परेर मानवीय क्षति भएको छैन ।