धनकुटामा नेकपाको एकीकरण टुङ्गियो

मुख्य समाचार राजनीति

धनकुटा, २० चैत, नेकपाले धनकुटाको सबै स्थानीय तह र वडामा पार्टी संगठनको एकीकरण टुङ्ग्याएको छ । ७ वटा स्थानीय तहमध्ये ५ वटामा पूर्वएमाले र २ वटामा पूर्वमाओवादीले नेतृत्व पाएका छन् । ६० वटा वडामा पूर्वएमालेले ३७ वटा र पूुर्वमाओवादीबाट २४ वटा वडामा नेतृत्व पाएका छन् ।

पूर्वएमालेले पाएको धनकुटा नगरमा अध्यक्ष अर्जुन छाराहाङ्ग र सचिव खगेन्द्र विष्ट, पार्खीबास नगरपालिकामा अध्यक्ष शान्तिराम गौतम, सचिव मुक्ति बजगाई, छथर जोरपाटी गाउँपालिकामा अध्यक्ष इन्द्र सारु मगर र सचिवमा ज्ञानेन्द्र कार्की, साँगुरीगढी गाउँपालिकामा अध्यक्ष देवमान राई र सचिवमा जगत राई र सहिदभूमि गाउँपालिमा अध्यक्ष निरबहादुर राई र सचिवमा मातृका राई रहेका छन् ।

त्यस्तै पूर्वमाओवादीले पाएको चौबिसे गाउँपालिकामा अध्यक्ष इन्द्र खत्री र सचिवमा राजकुमार चेम्जोङ र महालक्ष्मी नगरपालिकामा अध्यक्ष प्रेम खड्का र सचिव विष्ण्ॉ दाहाल रहेको कार्यदल सदस्य हेमचन्द्र किरातीले बताए ।

यसरी सबै स्थानीय तहमा एकीकरण टुङ्गिएका मंगलबार धनकुटाको सबै स्थानीय तहमा शपथ ग्रहण कार्यक्रम भएको छ । धनकुटा नगरपालिकामा भएको शपथग्रहण कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य हेमराज भण्डारीले पार्टी एकीकरणले स्थानीय तहमा कार्यकर्ताको उत्साह थपेको बताए । पार्टीभित्र गुट उपगुट चलाउने भन्दा पनि सामूहिक एकताको लागि काम गर्न कार्यसमितिलाई निर्देशन दिए ।

पाख्रीबासमा भएको पार्टी कमिटी शपथग्रहण कार्यक्रम प्रदेश कमिटी सदस्य एवं सांसद राजेन्द्र राई लेपार्टी कमिटी एकतापछि अब नेकपामा नयाँ रक्तसञ्चार हुने बताए ।