जीप दुर्घटनामा दुई जनाको मृत्यु

ट्राफिक/प्रहरी मुख्य समाचार

तनहुँ, २१ फागुन, पृथ्वी राजमार्ग सडकखण्ड अन्र्तगत व्यास नगरपालिका–१२ घाँसीकुवामा मंगलवार जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएकोे छ । बन्दीपुर गाउँपालिका–३ रामकोटबाट दमौलीतर्फ आउँदै गरेको ग १ ज २९०७ नम्वरको जीपमा सवार ७५ वर्षीय वुद्धिबहादुर थापा मगरको दुर्घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

यता दुर्घटनामा गम्भीर घाइते भएका व्यास नगरपालिका–१४ केशवटारका जीप चालक ३५ वर्षीय विमल घर्तीको उपचारको लागि पोखरा लैजादै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

टायर पञ्चर भएर जीप अनियन्त्रित भई डकबाट २० मिटर तल खसेको थियो । प्रहरीका अनुसार द्रुत गतिमा रहेको जीपको अगाडिको टायर पड्किएपछि असन्तुलित भई दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका १३ जनामध्ये दशजना सामान्य उपचार पश्चात डिस्चार्ज भएका छन् भने अरु तीनजनाको दमौली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।