गाँजासहित आठ जना पक्राउ

मुख्य समाचार समाज

सिन्धुली, ६ फागुन, जिल्ला प्रहरी कार्यालय सिन्धुलीले पाँच सय ३८ बोट गाँजा सहित ८ जनालाई प्रक्राउ गरेको छ । गाँजा संकलन गरि अबैध रुपमा निकासी गर्न संलग्न भएका आठ जनालाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले प्रक्राउ गरेको हो ।

केही साता अगाडिमात्र जिल्ला प्रहरी कार्यालयले फडानी गरी नष्ट गरिएको भनिएकै स्थानमा गाँजा संकलन गरी निकासी गर्ने तयारी गरिरहेका आठ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा पर्साको पर्साहगढी नगरपालिका घर भएका ४५ वर्षीय जगदेव माझी, ४६ वर्षीय बागर माझी, ४५ वर्षीय ढोडा माझी, ४० वर्षीया भगवती माझी, ३७ वर्षीया रोहनी माझी, ३५ वर्षीया लालमती माझी, ३६ वर्षीया टैती माझी र ३२ वर्षीया कुसुनी माझी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी लोकदर्शन थापाले जानकारी दिए ।

हरिहरपुरगढी गाँउपालिकाको क्यानेश्वरबाट उनीहरुलाई पक्राउ गरिएको डिएसपी थापाले जनाए । अबैध गाँजालाई प्रशोधन गरी तराई हुँदै भारत तर्फ लैजान लागेको भन्ने विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालयले पाँच सय ३८ बोट बराबरको गाँजा र तीन केजी गाँजाको धुलो बरामद गरिएको प्रहरीले जनाएको छ । यो विषयमा आवश्यक अनुसन्धान जारी रहेको र संकलनमा खटिने ८ जना विरुद्ध मुद्दा चलाईने तयारी भएको प्रहरीले जनाएको छ ।