अब कांग्रेसमा ८ सहमहामन्त्रीसहित १४ पदाधिकारी

मुख्य समाचार राजनीति विषेश समाचार

काठमाडौँ, ७ पुस, नेपाली कांग्रेसको केन्द्रीय समिति विवाद अन्ततः टुङ्गिएको छ । शुक्रबार बसेको पदाधिकारी बैठकले यसअघि देखिएको विवाद समाधान गरेको हो । विवाद समाधान भएसँगै अब सहमहामन्त्रीको संख्या ८ रहने छ । उपसभापति र महामन्त्री २र२ जना र सहमहामन्त्री ८ जना रहने गरी विवाद टुङ्याइएको हो ।

नयाँ सहमति अनुसार अब महिला, दलित, आदिवासी जनजाति, खसआर्य, मधेसी, थारु र मुस्लिमलाई आरक्षण दिइने छ । संविधानले तोकेको ८ वटै क्लस्टरबाट अब सहमहामन्त्री रहनेछन् ।

योसँगै कांग्रेसको पदाधिकारी संख्या १४ पुगेको छ जसमा कोषाध्यक्ष मनोनित हुनेछन् भने बाँकी सबै निर्वाचनमार्फत चुनिनेछन् ।

यसैगरी कांग्रेसले केन्द्रीय कार्यसमितिको आकार पनि बढेको छ । यसअघि १६१ सदस्य रहेकोमा अब यो संख्यामा नयाँ सदस्य थपिने छन् । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार अब केन्द्रीय समितिको संख्या १७१ हुनेछ ।