साप्ताहिक राशिफल

साप्ताहिक राशिफल [जेठ ०७ गते आइतबारदेखि जेठ १३ गते शनिबारसम्म]

  • मेष (चू चे चो ला ली लु ले लो अ)

    मेष राशिको लागि साता मध्यम फली रहेको छ । तपार्इंको राशि स्वामी मंगलको शुभ दृष्टी परेकोले शत्रु मार्गबाट पनि साथ र सहयोग पाइने छ । नसोचेका काम बन्ने छन् । गुप्त शत्रुको भय अन्त्य हुने र मित्र बढ्ने देखिएको छ । सरकारी काममा सफलता मिल्ने योग छ । आर्थिक विषयमा लाभ हुनेछ । ब्यापार, ब्यसाय नयाँ रुपमा अघि बढ्ला । साताको सुरुमा केही साना कुरामा भागदौड होला । लगानीबाट त्यति राम्रो परिणाम नआए पनि कतिपय रोक्किएका काममा भने लाभ होला । माया, प्रेम र भाइचारा सम्बन्धले उत्साह थप्ने छ । मौकाको सहि अर्थमा सदुपयोगबाट उचित लाभ प्राप्त गरिने छ । वैवाहिक जीवन खुसी र सुखी हुनेछ । साताको मध्यतिर केही आर्थिक विषयमा लगानी होला । यात्रा र सहकार्यबाट मनग्गे लाभ आर्जन गरिएला । शिक्षा र स्वास्थ्यमा सुधार ल्याई केही नयाँ सामाजिक काममा लगाव होला । साताको अन्त्य भने निराशाजनक रहला । हातमा आइसकेको अवसर गुम्दा पिडा होला । मानवीय कार्यमा लगाव हुनेछ । अभिभावकको सहारा लिएर अघि बढे लाभ हुनेछ । समग्रमा साताको ०७, ०९, १० र ११ गते विशेष रहलान । राशि स्वामी – मंगल, शुभ रत्न – मुँगा, शुभ दिशा – पूर्व, शुभ रंग – रातो, शुभ अंक – ०१ ।

  • वृष (इ उ ए ‌ओ वा वी वु वे वो)

    आफ्ना बाध्यता र अफ्ट्याराहरुलार्इ पनि छोडेर सामाजिक काममा लाग्ने बेला आएको छ । तपार्इंको सानो सहयोगले दीन, दुःखीको ठुलो सहयोग हुनेछ । परिपक्व व्यवहार र सामाजिक चेतनास्तर उँचा रहँदा अरुको साथ् र सहयोग बनिरहने छ । घरमा शुभ कार्य सम्पादन हुनेछन् । मौकाको सहि सदुपयोगबाट लाभ आर्जन गरिने छ । साताको सुरुमा मित्रता शंकायुक्त रहला । बनिसकेको काम अन्त्यमा बिग्रन पनि बेर लाग्ने छैन । माया, पिरतीमा धोका होला । विश्वास गरेको व्यक्तिबाट सहयोग नहुँदा निराश बनिने छ । धार्मिक कार्यमा अरुचि होला । सामाजिक काममा गरेको लगानीबाट प्रतिफल आउने छैन । साताको सुरुमा विवादमा परिने खतरा रहेको छ । राम्रो गर्दा पनि राम्रो नदेखिने खतरा छ तर सामाजिक काममा लागे लाभ होला । वैवाहिक जीवनको लागि उत्तम रहेको छ । सन्तान, सन्तति मार्गबाट सुख पाइने छ । मित्रता अरु दिगो रुपमा अघि बढ्ने छ । साताको मध्यतिर शुभ समाचारले उत्साहित बनाउने छ । स्वास्थ्यमा सुधार होला । मित्रता सहयोगयुक्त रहने छ । साताको अन्त्य अरु विशेष रहला । राजनीतिमा पद, प्रतिष्ठा बढ्ने छ । बेमौसमी रोगको प्रकोप रहला । समग्रमा साता मिश्रित फली रहेको छ । साताको ०७, ०८, ११, र १३ गते विशेष फली रहेका छन् । राशि स्वामी – शुक्र, शुभ रंग – सेतो, शुभ रत्न – हिरा, शुभ दिशा – दक्षिण, शुभ अंक – ०७ ।

  • मिथुन (का कि कु घ ङ छ के को हा)

    यो साता प्रकृतिबाट लाभ पाइने छ । नसोचेका घटनाले मर्माहत बनाउला । यात्रा कमजोर रहला । कार्य क्षेत्र भागदौडयुक्त रहने छ । सृजनामा लागे लाभ होला । मानवीय काममा तपार्इंको सहभागिता हुनेछ । साताको सुरुमा वृहस्पतिको अनुकूल प्रभावले गर्दा धार्मिक र सामाजिक काममा सफलता मिल्ने छ । घरमा विद्वानजनको आगमन होला । मित्रता अरु दिगो रुपमा अघि बढ्ने देखिएको छ घरमा शुभ कार्य सम्पादन होला । माया, पिरतीमा सफलता हात लाग्ने छ । बेमौसमी रोगको प्रकोप रहने छ । वैवाहिक जीवन खुसी रहनेछ । सामाजिक प्रतिष्ठा वृद्धि हुनेछ । मौकाको सहि अर्थमा सदुपयोग होला । साताका मध्यतिर भागदौड मच्चिने छ । आफ्ना लागि भन्दा अरुको लागि खट्नु पर्ला । विषम समयमा आफूलाई सम्हाल्न नसके घाटा होला । व्यक्तिगत कामको लागि समय उत्तम रहला । स्वास्थ्य लाभ देखिने छ । श्रमयुक्त कार्यबाट लाभ होला । साताको अन्त्य भने विशेष रहेको छ । कल्पनाशील कार्यमा लाभ हुनेछ । सरकारी तथा बैदेसिक काम बन्ने छन् । आफूलाई लागेका आरोप मिथ्या सावित होलान् । समग्रमा साता उत्तम फली रहेको छ । साताको ०७, ०९, ११ र १३ गते विशेष दिन रहेका छन् । राशि स्वामी – बुध, शुभ रंग – हरियो, शुभ रत्न – पन्ना, शुभ दिशा – पश्चिम, शुभ अंक – ०३ ।

  • कर्कट (ही हु हे हो डा डि डु डे डो)

    कर्कट राशिको लागि साता विशेष रहन सक्ने छ । विशेष गरी सामाजिक र राजनीतिका कुरामा नसोचेको प्रतिफल आउला । आफ्नो जिम्मेवारी सहि अर्थमा पुरा गर्न सक्षम भइने छ । मौकाको सदुपयोगबाट मनग्गे लाभ होला । माया, पिरतीमा सफल बनिने छ । हितचिन्तक बढ्ने छन् । साताको सुरु तिर परिवारमा शुभ कार्य सम्पादन होलान् । आर्थिक विषयमा लाभ हुनेछ । घरमा असमझदारी हट्ने छ । सन्तान, सन्तति मार्गबाट विशेष खुसी मिल्ने छ । आर्थिक विषयमा लाभ होला । सीमित कामको लागि अधिक खर्च बढे पनि आयका स्रोतहरुबाट सन्तुष्टि मिल्ने छ । साताको मध्यतिर केही विवादित कुराको हल निक्लने योग छ । न्यायिक सफलता मिल्ने छ । वैवाहिक जीवनमा खुसी थपिने छ । कार्य दक्षताको सबैले सम्मान गर्लान् । स्वास्थ्य सम्बन्धी बाधा दुर होलान् । लामो दुरीको यात्रा सम्भव हुने देखिएको छ । साताको अन्त्यमा भने धेरै रमाइला काममा सहभागिता रहने छ । तपार्इंको कार्यशैलीको सबैले प्रसंशा गर्लान् । घरमा समझदारी बढ्ला । समग्रमा साताको ०७, १०, ११ र १३ गते विशेष रहेका छन् । राशि स्वामी –चन्द्रमा, शुभ रंग – सेतो, शुभ रत्न – मोति, शुभ दिशा – उत्तर, शुभ अंक – ०८ ।

  • सिंह (मा मि मू मे मो टा टी टु टे)

    तपार्इंको राशिको लागि केही राम्रो समय सुरु हुनेछ । मेहनतयुक्त कार्यमा तपार्इंको रुची हुनेछ । सरकारी काममा तपार्इंको सफलता निकट रहेको छ । विशेष कार्यको लागि लगानी हुने र लगानी उचित प्रतिफल दिनेवाला छ । वैवाहिक जीवनमा नयाँ खुसी थपिने छ । साताको सुरुमा यात्राको लागि उत्तम समय रहेको छ । नयाँ स्थान भ्रमण हुने र नयाँ अनुभूति मिल्ने योग छ । भोलिको लागि सोचेर उत्साह थपिने छ । नकारात्मक सोचेले मानसिक तनाव भए पनि अभिभावकको मार्गबाट विशेष खुसी मिल्ने देखिएको छ । अरुलाई कमजोर सम्झेर गरेका कुनै पनि कामले लाभ दिने छैन । साताको मध्यतिर मानसिक अशान्ति होला । कार्य क्षेत्र विवादित रहने खतरा रहेको छ । यात्रा र सहकार्यले कतिपय लक्षित कार्यमा सहयोग पुग्ने छ । भेटघाट र भलाकुसारीले अघि बढ्ने यो उत्तम मौका हुनेछ । साताको अन्त्य केही कमजोर रहेको छ । यान्त्रिक विधिबाट गरेका कामले लाभ हुनेछ । घरमा शुभ कार्य सम्पादन हुनेछन् । धार्मिक कार्यमा रुची बढ्ने छ । मौकाको सहि सदुपयोगबाट लाभ आर्जन गरिने छ । समग्रमा साताको ०७, ०९, १० र १२ गते विशेष रहेका छन् । राशि स्वामी – बुध, शुभ रंग – हरियो, शुभ रत्न – पन्ना, शुभ दिशा – दक्षिण, शुभ अंक – ०६ ।

  • कन्या (टो प पी पु ष ण ठ पे मो)

    आर्थिक पक्ष केही कमजोर रहन गएको छ । आफ्ना सोचहरु सहि सावित हुनेछन् । राशी स्वामी बुधको उत्तम स्थित बोलीको कारण हुने ब्यापारको लागि जिम्मेवार रहने छ । मानसिक अशान्ति बन्ने छ तर धार्मिक भाव प्रवल रहँदा अघि बढ्न सहज हुनेछ । यो समय कार्य क्षेत्रमा देखिने असमझदारी हट्ने छन् र शुभ कार्यको लागि उत्तम समय रहेको छ । साताको सुरुमा केही सानातिना कुरामा भागदौड हुनेछ । वैवाहिक जीवनमा असमझदारी बढ्ने देखिएको छ । सीमित कामको लागि अधिक लगानी हुने खतरा छ । आफन्तको असहयोग रहने छ । मानसिक अशान्ति दुर हुनेछ तर प्रतिफल भने न्युन आउला । मेहनतयुक्त कार्यबाट सफलता पाइने छ । सिर्जनामा लागे लाभ हुनेछ । यात्रा र सहकार्यबाट उचित लाभ हुनेछ । कार्य क्षेत्रमा देखिएका बाधा दुर हुनेछन् । रमाइला प्रसंगमा खर्च बढ्ने छ । साताको अन्त्य भने धेरै राम्रा कार्यको सिद्धि हुने देखिएको छ । कार्यक्षेत्र विशेष रहने छ । मौकाको सदुपयोग गर्न कति पनि चुकिने छैन । समग्रमा साता मिश्रित फली रहेको छ । साताको ०७, ०८, ११ र १३ गते विशेष रहलान् । राशि स्वामी – बुध, शुभ रंग – हरियो, शुभ रत्न – पन्ना, शुभ दिशा – दक्षिण, शुभ अंक – ०६।

  • तुला (र री रु रे रो ता ती तू ते)

    नैतिकताको कसीमा आफूलाई श्रेष्ठ सावित गर्न पाइने छ । यो साता कतिपय विवेकद्वारा गरिने कामको लागि उत्तम रहेको छ । साहित्य र कला क्षेत्रमा गरेको लगानी राम्रो हुनेछ । पढाइ, लेखाइमा रुची बढ्ने छ । मानसिक रुपमा केही गर्न तयार भइने छ । घरमा शुभ वातावरणले खुसी छाउने छ । साताको सुरुमा इच्छित कार्य सम्पादन हुनेछन् । वैवाहिक जीवन अरु उर्जा लिएर आएको छ । सन्तान, सन्तति मार्गबाट सोचेको भन्दा राम्रो परिणाम आउने छ । यात्राको लागि भने समय प्रतिकूल रहेको छ । साताको मध्यतिर विवादित कुरा किनारा लाग्लान् । आर्थिक पक्षको लागि भने साता त्यति सन्तोषजनक नरहला । स्वास्थ्यमा सुधार देखिने छ । मेहनतको फल राम्रो आउने छ । साताको अन्त्य वैदेसिक यात्राको लागि उत्तम रहला । श्रमयुक्त कार्यमा लाभ हुनेछ । पसिनाको उचित मूल्य पाउदा खुसी थपिने छ । धर्म, कर्ममा भने रुची नबन्ने देखिएको छ । ब्यर्थका कुरामा फस्ने खतरा छ सावधान रहनु होला । समग्रमा साता उत्तम फली रहने देखिएको छ । राशि स्वामी – शुक्र, शुभ रंग – सेतो, शुभ रत्न – हिरा, शुभ दिशा – पश्चिम, शुभ अंक – ०७ ।

  • वृश्चिक (तो ना नी न‍ू ने नो या यि यु)

    तपार्इंको साता मध्यम रहला । राशी स्वामी मंगल क्रुर ग्रहको संगतमा आएकोले मनासिव कार्यमा बाधा आउन सक्नेछ । ब्यर्थका कुरामा रिस बढ्ने, अनैतिक कार्यको लागि प्रेरित गर्ने र शरीरमा चोटपटकादी भय रहने देखिएको छ । मित्रको साथ पाइनेछ तर अविश्वासको स्थिति पनि प्रकट होला । आफ्नो जिम्मेवारी पुरा गर्न नसक्दा आलोचित भइने खतरा रहेको छ । साताको सुरुमा सामाजिक कार्यमा रुची बढ्ने छ । कतिपय सामाजिक कार्यमा श्रमदान गर्ने र दीन–दुःखीको सेवामा लाग्ने बेला छ । व्यक्तिगत काम भने अधुरा रहलान् । स्वास्थ्य र शिक्षाका क्षेत्रमा सजग भइने छ । आफूलाई प्रिय लाग्ने बस्तु प्राप्त हुने ग्रह योग रहेको छ । मित्रता अरु प्रवल हुनेछ । थोरै भएपनि कार्यमा सफलता मिल्ने देखिएको छ । साताको मध्यतिर कानुनी झन्झटको सामना गर्नु पर्ला । रोक्किएका काम बन्ने छन् । विवादित कुराको अन्त्यको लागि मित्रको साथ लिएर अघि बढ्नु बुद्धिमानी हुनेछ । यात्रा कष्टकर रहला । झुठा आरोप मुद्धा लाग्ने र माया, पिरतीमा असफल हुने योग छ । स्वास्थ्यमा पनि समस्या आउने देखिएको छ । साताको अन्त्य पनि मध्यम मात्र रहला । समग्रमा साताको ०७, ०९, १० र १२ गते विशेष रहेका छन् । राशि स्वामी – मंगल, शुभ रंग – रातो, शुभ रत्न – मुँगा, शुभ दिशा – उत्तर, शुभ अंक – ०८ ।

  • धनु (य यो भा भी भू ध फा ढ भे

    तपाईंका अधुरा सपनाहरु पुरा हुनेछन् । कार्य क्षेत्रमा देखिएका बाधा दुर होलान् । सामाजिक काममा लाग्ने बेला आएको छ । बेमौसमी रोगको प्रकोप देखापर्ला । स्वास्थ्यमा विशेष सजग रहनु पर्ने देखिएको छ । साताको सुरुमा केही महत्वपूर्ण कार्य सम्पादन होलान् । मित्रको भरपुर सहयोग पाइने छ । सोचेको भन्दा राम्रो अवसरले हौसनु होला । मातृभूमिको लागि केही गर्ने बेला आएको छ । सामाजिक काममा लागे प्रतिष्ठा बढ्ने छ । वैवाहिक जीवनमा नयाँ खुसी थपिने छ । सन्तानबाट मान बढ्ने छ । साताको मध्यतिर मनमा पिडा भए पनि मुहारमा हाँसो भने देखाउनु पर्नेछ । आफ्नै द्वारा असहयोग हुँदा लक्षित कार्य सम्पादनमा समस्या आउने छ । स्वास्थ्यमा खर्च बढ्ला । बनेको काम अन्त्यमा बिग्रदा मानसिक अशान्ति होला । साताको अन्त्यमा विशेष कामको लागि यात्रा तय होला । विदेशसँग सम्बन्धित कार्य सम्पादन होलान् । बेमौसमी रोगको प्रकोप बनेको छ । सामाजिक क्षेत्रमा भने सम्मान पाइने छ । समग्रमा साता उत्तम फली रहेको छ । साताको ०८, १०, १२ र १३ गते विशेष रहलान् । राशि स्वामी – बृहस्पति, शुभ रंग – पहेँलो, शुभ रत्न – पुष्पराज, शुभ दिशा – पूर्व, शुभ अंक – ०४ ।

  • मकर (जो जा जी खी खू खे खो गा गी)

    आफ्ना कतिपय गलत निर्णयले अशान्ति देला । निर्णय गर्दा अभिभावकको सहारा लिएर अघि बढेको बेश हुनेछ । माया, प्रेममा बदनामी आइपर्ला । आपसी प्रेम र भाइचारा सम्बन्धमा समेत समस्या आउन सक्ने भएकोले सजग हुनु होला । प्राकृतिक सम्पदाको उचित संवद्र्धनबाट भने विशेष लाभ आर्जन गर्न सफल भइने छ । मितेरी सम्बन्ध कमजोर रहँदा सामाजिक प्रतिष्ठा समेत घट्ने देखिएको छ । साताको सुरुमा केही राम्रो कामको लागि खर्च बढ्ने छ । घरमा शुभ कार्य सम्पादन होलान् । वैवाहिक जीवनमा खुसी थपिने छ । रोक्किएका काम बन्ने छन् । तपार्इंको सहाराले कसैको जीवनमा खुसी छाउने छ । आर्थिक विषयमा गरेको लगानी खेर जाने छैन । मातृभूमिको लागि केही गर्ने सोच पुरा हुनेछ । साताको मध्यतिर भागदौड र कार्यमा ढिला सुस्ती होला । आफ्नो जिम्मेवारीबाट भने सन्तुष्ट भइने छ । साताको अन्त्य कानुनी रुपमा समस्या दिनेवाला छ । अनायासै गुमेको धन प्राप्त होला । समग्रमा साता मिश्रित फली रहला । साताको ०७, ०९, १२ र १३ गते विशेष रहेका छन् । राशि स्वामी – शनि, शुभ रंग – कालो, शुभ रत्न – निलम, शुभ दिशा – दक्षिण, शुभ अंक – ०७ ।

  • कुम्भ (गू गे गो सा सी सु से सो द)

    कुम्भ राशिको स्वामी शनिको शुभ स्थितिले कतिपय नसोचेका कार्य सम्पादन गर्न सजिलो हुनेछ । आफूलाई व्यर्थमा लागेका आरोपको सफतापूर्वक प्रतिकार गरी न्याको पक्षमा सफल भइने छ । वैवाहिक जीवनमा खुसी थपिने छ । आर्थिक पक्ष मजबुत होला । सातको सुरुमा कार्य सम्पादनमा देखिएका चुनौतिको सफल रुपमा समाधान गरिने छ । घर परिवारमा देखिएका अड्चन दुर हुनेछन् । पढाई, लेखाइमा उत्साहजनक परिणाम हात पारिने छ । परीक्षा, प्रतियोगिता आदिको परिणामले उत्साहित बनाउने छ । साताको मध्यतिर प्रेम, प्रसङ्गमा रम्न मन लाग्ने छ । आर्थिक विषयमा सफलता मिल्ने देखिएको छ । अचानक नसोचेको स्थानबाट धन आगमन हुने योग छ । प्रकृतिको विशेष साथ रहनाले मौसमी बस्तुको ब्यापारबाट लाभ हुनेछ । भोलिको लागि उत्तम सोच राखेर गरिने हर कार्यबाट लाभ होला । साताको अन्त्यमा विवादित कुरामा टाढा रहेको बेश हुनेछ । अरुलार्इ कमजोर सम्झनु तपार्इंको गल्ती हुनेछ । बनिसकेको काम अन्त्यमा बिग्रदा मानसिक तनाव होला । समग्रमा साता उत्तम फली रहेको छ । साताको ०७, ०८, ११, र १३ गते विशेष रहेका छन् । राशि स्वामी – शनि, शुभ रंग – कालो, शुभ रत्न – निलम, शुभ दिशा – दक्षिण, शुभ अंक – ०७ ।

  • मीन (दि दू थ भ ञ दे दो चा ची)

    आफूलाई लागेका आरोप मिथ्या सावित होलान् । मिन राशिको स्वामी गुरुको विशेष कृपा तपाईंमा रहँदा भाग्यले साथ दिनेछ । कार्य क्षेत्र विशेष फली रहने छ । विद्वानजनको संगतले गर्दा अघि बढ्न सहज हुनेछ । प्राकृतिक विपदको कारण भने भौतिक हानी सहनु पर्नेछ । सीमित कामको नतिजाले उत्साह थपिने छ । साताको सुरुको चरणमा केही विवादित कुराले मानसिक अशान्ति होला । रोजगारका अवसर गुम्न सक्ने छन् । सृजनामा लाभ हुनेछ । अधिक भावनामा बग्दा सोचेको भन्दा भिन्नै परिणाम हात पर्ने समेत देखिएको छ । आर्थिक विषयमा लाभ होला । साताको मध्यतिर मित्रता दिगो रुपमा अघि बढ्ने छ । मानवीय कार्यको लागि सहयोगमा जुटिने छ । दीन, दुःखीको सेवामा समर्पित हुने बेला छ । मार्गदर्शन गर्नेहरुको ठुलो साथ तपाईंमा रहने छ । साताको अन्त्य भने उतार चढावयुक्त रहेको छ । कार्य सम्पादनमा लाभ हुनेछ । अचानक धन प्राप्ति हुने योग छ । आर्थिक विषयमा लाभ होला । समग्रमा साता मिश्रित फली रहने देखिएको छ । साताको ०७, ०९, १० र १२ गते विशेष रहलान् । राशि स्वामी –बृहस्पति, शुभ रंग – पहेँलो, शुभ रत्न – पुष्पराज, शुभ दिशा – उत्तर, शुभ अंक – ४ ।

Loading...