बिना बर्दीका प्रहरी – जनचेतनामूलक गीत

बिना बर्दीका पुलिस… नामक एक गीत शुक्रबार लोकार्पण गरिएको छ । नेपाल पुलिस क्लबमा आयोजित एक विशेष समारोहकाबीच शताब्दी पुरुष सत्यमोहन जोशीले उक्त गीतको लोकार्पण गर्नु भयो । नागरिक–प्रहरी सहकार्यमा जनचेतनामूलक गीतको लोकार्पण कार्यक्रम प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको सभापतित्वमा भएको थियो ।

यो जनचेतनामूलक गीतको रचना रमेशचन्द्र अधिकारीले गर्नु भएको हो भने संगीत भूपेन्द्र रायमाझीको रहेको छ । सो गीतलाई विजयनारायण मानन्धरले गाउनु भएको छ । कार्यक्रममा गायक मानन्धरले गीत गाएरै सुनाउनु भएको थियो ।

कार्यक्रममा भारतीय राजदूतावासका प्रथम सचिव प्रोफेसर केदारनाथ शर्मा, काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य, पूर्वप्रहरी प्रमुखहरु, प्रहरी अधिकृतहरु तथा अन्य सर्वसाधारणको पनि उपस्थित रहेको थियो । कार्यक्रममा उपस्थित अतिथिहरुलाई गीतका रचनाकार रमेशचन्द्र अधिकारीले स्वागत गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन एलिना दुलालले गर्नु भएको थियो ।

Loading...