प्रमुख सचेतकमा राजभण्डारी, सचेतकमा थेबे

विराटनगर, २३ असोज, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं १ को संसदीय दलको बैठकले प्रमुख सचेतक र सचेतक नियुक्त गरेको छ । संसदीय दलको सोमबार साँझ सम्पन्न बैठकले प्रमुख सचेतकमा बुद्धिकुमार राजभण्डारी र सचेतकमा सीता थेबेलाई चयन गरेको छ । प्रमुख सचेतक राजभण्डारी पार्टी एकीकरण हुनुअघि नेकपा एमालेका प्रमुख सचेतक हुनुहुन्थ्यो ।(रासस)

पुरा पढ्नुहोस्

पुष्पा भुषाल कांग्रेसबाट प्रतिनिधिसभा सचेतकमा मनोनित

काठमाडौँ, ५ वैशाख, नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा प्रमुख सचेतकमा पुष्पा भुषाल गौतम मनोनित भएकी छिन् । सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले प्रतिनिधि सभा सदस्य भुषाललाई आज सचेतक पदमा मनोनयन गरेका हुन् । नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १३ को उपधार (२) बमोजिम भुषाललाई मनोनयन गरिएको देउवाको […]

पुरा पढ्नुहोस्