राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेश

काठमाडौँ, २५ असोज लोकसेवा आयोगले आफ्नो ५९औँ वार्षिक प्रतिवेदन आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरेको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले आर्थिक वर्ष २०७४÷७५ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो । नेपालको संविधानको धारा २९४ अनुसार आयोगले  राष्ट्रपति समक्ष प्रतिवेदन पेश गर्ने व्यवस्था छ । विसं २०१६ मा आयोगको […]

पुरा पढ्नुहोस्

राष्ट्रपतिद्वारा दुःख व्यक्त

काठमाडौँ, १६ असोज राष्ट्रपति विद्यादेवी भण्डारीले इन्डोनेशियाको सुलाबेसी टापुमा गत सोमबार गएको शक्तिशाली भूकम्प त्यसबाट सिर्जित विनाशकारी सुनामीका कारण जनधनको क्षति भएकामा दुःख व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज इन्डोनेशियाका राष्ट्रपति जोको बिडोडोलाई शोक सन्देश पठाउँदै इन्डोनेशिया सरकार राहत तथा उद्धारमा सफलता हासिल गर्नेमा विश्वास व्यक्त गर्नुभएको छ । भूकम्प र सुनामीले इन्डोनेशियाको जनजीवन […]

पुरा पढ्नुहोस्

किमसँगको दोस्रो शिखर वार्ता छिट्टै हुने ट्रम्पको विश्वास

संयुक्त राष्ट्रसंघ, अमेरिका, ८ असोज अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ उनसँगको दोस्रो शिखर वार्ता छिट्टै हुने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले आफुहरुको अबको भेटवार्ताबाट पनि आश्चर्यजनक उपलब्धि हुने विश्वास सोमबार राष्ट्रसङ्घको महासभामा पुगेका सञ्चारकर्मीसँगको भेटपछि व्यक्त गर्नुभएको हो । ” उहाँले धेरै बिषयहरूमा छलफलपछि व्यापक सहमतिका आधार बनेका र अर्को […]

पुरा पढ्नुहोस्

हनुमानढोकामा इन्द्रजात्राको रौनक (फोटोफिचर)

काठमाडौँ, ८ असोज, वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजाराधना गरी मनाइने परम्परागत इन्द्रजात्रा काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा पनि मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकाअगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाइन्छ । यसरी लिङ्गो ठड्याइने प्रक्रियालाई ‘इन्द्रध्वजोत्थान’ पनि […]

पुरा पढ्नुहोस्

माल्दीभ्सको राष्ट्रपतिमा विपक्षी नेता इब्राहिम विजयी

माले, माल्दीभ्स, ८ असोज, माल्दीभ्सका विपक्षी नेता इब्राहिम मोहमद सोलिह माल्दीभ्सको राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । चुनावमा धाँधलीको आशंका गरिए पनि निकै शक्तिशाली मानिएका वर्तमान राष्ट्रपति अब्दुल्ला यामीन आश्चर्यजनक रुपमा पराजित हुनुभयो । निर्वाचन आयोगले सोमबार बिहान सार्वजनिक गरेको चुनावी मतपरिणाम अनुसार इब्राहिमले ५८.३ प्रतिशत मत प्राप्त गर्नुभएको छ । निर्वाचनको नतिजा सार्वजनिक भएलगत्तै सोलिहको माल्दीभियन […]

पुरा पढ्नुहोस्

संविधान दिवसका अवसरमा राष्ट्रपतिद्वारा शुभकामना

काठमाडौँ, ३ असोज, राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा लोकतान्त्रिक राजनीतिक प्रणालीलाई समृद्ध तुल्याउन संवैधानिक मार्गचित्रले मूर्तरूप लिने वातावरण बन्नु सबैका लागि खुशीको विषय भएको बताउनुभएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०७५ का अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको उल्लेख गर्नुभएको छ […]

पुरा पढ्नुहोस्

राष्ट्रपतिबाट रथी थापालाई महारथीको दर्ज्यानी चिन्ह

काठमाडौँ, २४ भदौ, राष्ट्रपति विद्यादेवी भण्डारीले कायममुकायम प्रधानसेनापति रथी पूर्णचन्द्र थापालाई आज महारथी दर्जाको दज्र्यानी चिह्न प्रदान गर्नुभएको छ । राष्ट्रपति भण्डारी नेपाली सेनाको परमाधिपति हुनुहुन्छ । राष्ट्रपति भवन शीतलनिवासमा आज आयोजित विशेष समारोहमा उहाँले रथी थापालाई महारथीको दज्र्यानी चिह्न प्रदान गरी प्रधानसेनापतिमा नियुक्त गर्नुभएको हो । राष्ट्रपति भण्डारीले नवनियुक्त प्रधानसेनापति थापालाई पद तथा गोपनीयताको […]

पुरा पढ्नुहोस्

बिपी कोइरालालाई ‘नेपालरत्न’, शेरचनलाई ‘महाउज्ज्वल राष्ट्रदीप’

काठमाडौँ, १९ भदौ (रासस), राष्ट्रपति विद्यादेवी भण्डारीले समाजका विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउनुभएका विभिन्न व्यक्तित्वलाई आज विभिन्न विभूषण एवं मानपदवीबाट विभूषित गर्नुभएको छ । गत वर्ष २०७४ को गणतन्त्र दिवसका दिन घोषणा भएका विभिन्न दश प्रकारका मानपदवी ३४५ जनालाई आज प्रदान गरिएको हो । राष्ट्रपति कार्यालय शीतल निवासमा आज गृह मन्त्रालयद्वारा आयोजित विशेष समारोहमा राष्ट्रपति […]

पुरा पढ्नुहोस्

विश्‍व श्रमिक दिवसमा राष्ट्रपति विद्यादेवी भण्डारीको शुभकामना सन्देश

काठमाडौँ, १८ वैशाख, विश्व श्रमिक दिवस मे १ तारिखको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना सन्देश दिएकी छिन् । आज एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने श्रमिक वर्गको उच्च योगदानको सम्मान गर्दै शुभकामना व्यक्त गरेकी छिन् । विज्ञप्तिमा भनिएको छ, ”नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा महत्वपूर्ण भूमिका […]

पुरा पढ्नुहोस्