भ्रष्टाचार निवारणमा एकताबद्ध प्रयास आवश्यक

पोखरा, २४ असोज अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले भ्रष्टाचार निवारणमा सबैको एकताबद्ध प्रयास आवश्यक हुने बताउनुभएको छ । आयोगको पोखरा कार्यालय भवनको आज यहाँ शिलान्यास गर्दै उहाँले जनताले राज्यबाट पाउने सेवालाई प्रभावकारी बनाउन सुशासन अपरिहार्य हुने धारणा राख्नुभयो । स्थानीय तहमा आर्थिक अनियमिततालगायतका विषयमा धेरै उजुरी पर्ने गरेको बताउँदै उहाँले सङ्क्रमणकालीन समयका […]

पुरा पढ्नुहोस्

भ्रष्टाचारको अभियोगमा मुद्दा दायर

काठमाडौँ, २३ असोज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागमती अञ्चलको यातायात व्यवस्था कार्यालयका १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । लिखित अनुत्तीर्ण एवं प्रयोगात्मक परीक्षामा सामेल नभएका २०८ जनालाई कार, जीप र डेलिभरी भ्यानजस्ता हलुका सवारी हाँक्न प्रदान गरिने समूह ‘बी’ को सवारी चालक अनुमतिपत्र जारी गरी भ्रष्टाचार गरेको अभियोगमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको […]

पुरा पढ्नुहोस्

‘म भ्रष्टाचार गर्दिन, तपाई पनि नगर्नुस्’

जुम्ला, २० असोज “भ्रष्टाचार नैतिकहिनको उद्यम हो । इज्जत सकिएकाको गलत पेशा हो । यो समाजबाट निरुत्साहित गर्न म प्रतिबद्ध छु र भ्रष्टाचार गर्दिन”, जनप्रतिनिधिसँग आज जुम्लामा आयोजित अन्तक्र्रिया कार्यक्रममा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सङ्कल्प गर्नुभयो ।कर्णालीमा डोजर आतङ्कको जनगुनासो आइरहँदा यसबाट सबै स्थानीय जनप्रतिनिधि पारदर्शी बन्न मुख्यमन्त्री शाहीले सुझाउनुभयो । “म भ्रष्टाचार […]

पुरा पढ्नुहोस्

व्यक्तिले होइन, विधिले काम गर्ने प्रणाली बसाउनुपर्छ: आयोग

काठमाडौँ, १७ असोज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विकास निर्माणका काममा सरकारलाई सहयोग पुर्याउने ढङ्गबाट काम गरिरहेको संसदीय समितिलाई जानकारी गराएको छ । प्रतिनिधिसभा राज्यव्यवस्था समितिमा आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले आगामी दिनमा आग्रह पूर्वाग्रहको भावना राखेर कसैलाई पनि दुःख दिने काम नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रमुख आयुक्त घिमिरेले भन्नुभयो, “आयोगमा दुई तहको छानबिन प्रणाली […]

पुरा पढ्नुहोस्

सरकारले सर्वसाधारणमाथि न्याय गरेन :महामन्त्री थापा

इलाम, ४ असोज (रासस)  राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का महामन्त्री सुनिलबहादुर थापाले अहिले देशमा भ्रष्टाचार बढेको बताउनुभएको छ । महामन्त्री थापाले पत्रकारसँग आज कुरा गर्दै अहिले नागरिकको मौलिक हकसमेत वर्तमान सरकारले कुण्ठित गरेको आरोप लगाउनुभयो । थापाले भ्रष्टाचार र अधिनायकवाद बढेकाले त्यसका बारेमा आवाज उठाउने समय आएको उल्लेख गर्नुभएको थियो । फरक प्रसङ्गमा थापाले देशलाई सही […]

पुरा पढ्नुहोस्