आजको राशिफल

आज मिति २०७४ साल वैशाख १७ गते आइतबार, वैशाख शुक्लपक्ष चतुर्थी तिथि, तदनुसार सन् २०१७ अप्रिल महिनाको ३० तारिख अनुसार तपाईंको आजको राशिफल यसप्रकार रहेको छ

  • मेष (चू चे चो ला ली लु ले लो अ)

    आर्थिक विषयमा सजग रहनु होला । काम दिगो गरी अघि बढ्ने छ । कार्यक्षेत्रमा देखिएका विवाद साम्य हुने र अब नयाँँ कामको लागि बाटो खुल्ने छ । सामाजिक दायित्व बोध हुनेछ । मित्रता दिगो रुपमा अघि बढ्ने छ ।

  • वृष (इ उ ए ‌ओ वा वी वु वे वो)

    सोच्दै नसोचेको कुरामा धन व्यय होला । कामको उचित जस नपाउने बेला छ । अरुको भरमा मात्र बस्दा बनेको पनि बिग्रन सक्ने छ । आँखा सम्बन्धी रोगको भय रहला । ब्यापार, व्यावसाय भने सोचेको भन्दा राम्रो बन्ने छ ।

  • मिथुन (का कि कु घ ङ छ के को हा)

    निरन्तरको कोसिस र भाग्यबलका कारण सोचेको कामना पुरा होला । साहसिक कामको लागि दिन उत्तम रहेको छ । खेलकुद र कला क्षेत्रप्रति तपार्इंको रुची बढ्ने छ । परिवारमा नयाँ कामको थालनी हुनेछ । मनमा केही गर्ने उत्साह थपिने छ ।

  • कर्कट (ही हु हे हो डा डि डु डे डो)

    आफैँद्वारा सृजित समस्याले सताउने छ । निर्णायक क्षमता कमजोर रहँदा पछुताउनु पर्ने होला । आफूलाई प्रिय लाग्ने बस्तु गुमाउनु पर्ला । भेटघाटले निकास भन्दा पनि समस्या बढाउने छ । सोचेको कुरा ढिलो गरी पुरा होला ।

  • सिंह (मा मि मू मे मो टा टी टु टे)

    सोखमा प्रयोग हुने बस्तुमा खर्च हुनेछ । कार्य ब्यस्तता बनिरहने छ । आत्मियजनको साथ पाइने छ । शुभ समाचार सुन्न पाइने छ । घर झगडा मिल्ने छ । प्रकृतिको साथ पाउनु हुनेछ । नसोचेको यात्रा सफल हुने ग्रह योग रहेको छ ।

  • कन्या (टो प पी पु ष ण ठ पे मो)

    नियमित कामको लागि गरिने लगानी ब्यर्थ जाने छैन । सृजित कार्यले उत्साह थपिने छ । मित्रको साथ पाइने छ । कार्य क्षेत्रमा समस्या आउने छ । नसोचेको कुरामा विवाद आउने छ । आयआर्जनका स्रोत बढ्ने छन् ।

  • तुला (र री रु रे रो ता ती तू ते)

    मित्रको कारण विषम समयमा साथ पाइने छ । ब्यापार, व्यवसाय सोचेको जस्तै लाभ दिनेवाला रहेको छ । भोलिको लागि सोचेर चिन्ता बढ्ने छ । विवादित कुराले तपाईंलार्इ आत्मशक्तिमा समस्या ल्याउने छ । दिनको अन्त्य तनावयुक्त रहला ।

  • वृश्चिक (तो ना नी न‍ू ने नो या यि यु)

    शैक्षिक क्षेत्रमा बाधा देखापर्ने छ । शरीरमा आलस्यता बढ्ने छ । स्मरण शक्तिमा समस्या देखिन सक्ने छ । बैदेसिक कामको लागि समय उत्तम रहेपनि धनको कारोवार भने असफल हुने देखिएको छ । तार्किक क्षमता बढ्ने छ ।

  • धनु (य यो भा भी भू ध फा ढ भे

    आयु आरोग्यता बढ्ने छ । कार्य क्षेत्रमा देखिएका बाधा, ब्यवधान दुर हुनेछन् । विचार मिल्ने मित्रको साथ टुट्ने खतरा रहेको छ । मनमा अनेक विकार देखापर्ने छन् । लामो समयबाट रोक्किएका काम बन्ने छन् ।

  • मकर (जो जा जी खी खू खे खो गा गी)

    आज धेरै जसो कामको लागि उत्तम रहे पनि कानुनी रुपमा भने आफू कमजोर बनिने छ । बोली र विचारले तपाईंलार्इ महान बनाउने छ । कला, साहित्य क्षेत्रप्रति विशेष रुची हुनेछ । निरन्तरको कोसिस ब्यर्थ जानाले काम गर्ने जाँगर मरेर आउला ।

  • कुम्भ (गू गे गो सा सी सु से सो द)

    मित्रता गहिरो गरी अगाडि बढ्ने छ । असमझदारी हट्ने छ । बोलीको कारण सबैको प्रसंशा पाइने छ । आयआर्जनका स्रोत बढ्ने छन् । ब्यापार लाभ हुनेछ । राजनीतिमा विशेष सफलता पाइने छ । गुमेको धन पुन प्राप्त गरिने छ ।

  • मीन (दि दू थ भ ञ दे दो चा ची)

    आफूलाई लागेका झुठा आरोप, मुद्धा खारेज हुनेछन् । शैक्षिक क्षेत्रमा रुची बढ्ने छ । माया, पिरतीमा फाइदा हुनेछ । भोलिको बाटो खुल्ने छ । कार्य ब्यस्ताले अरु मजबुत बनाउने छ । सोचेको कुरा हुबहु पुरा गर्ने कुरामा भने चुकिने छ ।