खेलकुद

नेपाली अल्ट्रा धाविका मिरा राई अन्तर्राष्ट्रिय अवार्डको मनोनयनमा, अनलाइन भोट गर्न सकिने

काठमाडौँ, १९ कार्तिक, भोजपुरकी अल्ट्रा धाविका मिरा राई अन्तर्राष्ट्रिय अवार्डको मनोनयनमा चुनिएकी छिन् । नेशनल जियोग्राफी च्यानलले हरेक वर्ष वितरण गर्दै आएको 'एड्भेन्चर्स अफ द इयर अवार्ड' को मनोनयनमा नेपाली युवती मिरा राई पनि परेकी हुन् । विश्वभरीका साहसिक खेलसँग अवद्ध १० जना खेलाडीको मनोनयनमा नेपाली मिरा राई पनि परेकी हुन् । 

नेशनल जियोग्राफीले हरेक वर्ष आयोजना गर्ने अवार्डको यो १२औँ श्रृङ्खला हो । मनोनयनमा परेका खेलाडीमध्येबाट अनलाइन भोटको आधारमा विजेता छनौट गरिने जनाइएको छ । खेलाडीहरुलाई नोभेम्बर ३ देखि आगामी डिसेम्बर १६ सम्म भोट गर्न सकिने पनि आयोजकले जनाएको छ । विजेताको घोषणा भने सन् २०१७ को जनवरीमा गरिने जनाइएको छ । 

मिरा राई विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सफलता पाइसकेकी अल्ट्रा धावक हुन् । 

यसमा तपाईंको मत

Loading...

सम्बन्धित सामग्री

थप

धेरै पढिएको

थप

मनोरञ्जन

थप