अर्थ

स्थानीय निकाय पुन:संरचना विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

लक्ष्मण ढुंगाना, बर्दिया, १८ भदौ, बर्दिया जिल्लामा स्थानीय निकाय पुनर्संरचना अयोगले तोकेको ५ ओटा नगर र गाउँपालिकाको संख्या कम हुने कुरा उठेको छ । प्रेस चौतारी नेपाल जिल्ला शाखा बर्दियाले आयोजना गरेको जिल्लाको पुनर्संरचना विषयक अन्र्तक्रिया कार्यक्रमका सहभागीहरुले बर्दिया जिल्लामा ५ ओटा नगर र गाउँपालिका बनाउने आयोगको प्रस्तावको अस्विकार गर्दै संख्या थप गर्नुपर्ने बताएका हुन् ।

उनीहरुले बर्दिया जिल्लामा ८ देखि १० ओटासम्म गाउँ र नगरपालिका बनाउन उपयुक्त हुने कुरा व्यक्त गरेका छन् । सरकार राजनीतिक दल र आयोगबीच स्थानीय तहको संख्यामा कुरा नमिलेको समयमा बर्दियामा आयोजना गरीएको  कार्यक्रममा सो कुरा उठेको हो ।

कार्यक्रममा बर्दिया जिल्लाको भौगोलिक अवस्थालाई आधारमानी स्थानीय नागरिक पैदल २ घण्टामा सदरमुकाम पुग्ने गरी स्थानीय तहको पुनर्संरचना गर्नुपर्ने सहभागीले बताएका थिए । पुनर्संरचनाको विषयमा सहयोग समितिले जिल्लामा व्यापक प्रचार प्रसार गरी आम नागरिकले के चाहन्छन् सो विषयमा ध्यान दिनुपर्ने सहभागीहरुले बताएका छन् ।

स्थानीय तह पुनर्संरचना सहयोग समितिका संयोजक तथा स्थानीय विकास अधिकारी तेजराज शर्माले कार्यक्रममा उठेका कुराहरुलाई पृष्ठपोषणका रुपमा लिई आयोगलाई सुझाव पठाउने बताए । उनले हाल राजनीतिक दल सरकार र आयोगबीच नै संख्यामा कुरा नमिलेको बताए । केन्द्रको निर्देशन र बर्दियाली जनताको सहमतिमा स्थानीय तहको पुनर्संरचना गरिने उनको भनाई छ ।

प्रेस चौतारी नेपाल जिल्ला शाखा बर्दियाका अध्यक्ष डिलप्रकाश गौतमको अध्यक्षतामा आयोजना गरिएको सो कार्यक्रममा स्थानीय तह पुनर्संरचना सहयोग समिति, राजनीतिक दल, संघसंस्था र पत्रकारहरुको सहभागीता रहेको थियो ।

यसमा तपाईंको मत

Loading...

सम्बन्धित सामग्री

थप

धेरै पढिएको

थप

मनोरञ्जन

थप

'कुमारी आमा' बन्ने... !

काठमाडौँ, ७ जेठ, अवैद्य रुपमा चेलिवेटी वेचविखान तथा ओसार प्रसार विरुद्ध सन्देशमुलक नेपाली चलचित्र 'कुमारी ...