निर्वाचन विशेष

कामपामा ४० हजार मतगणना, प्रमुखमा एमाले अग्रस्थानमा, उपप्रमुखमा कांग्रेस

काठमाडौँ, ६ जेठ, राति अबेसम्मको मत परिणामानुसार कामपामा नेकपा (एमाले) नै अगाडि रहेको छ । महानगरपालिका प्रमुखमा नेकपा (एमाले) का विद्यासुन्दरसुन्दर शाक्य १२ हजार नौ सय ८२ मत ल्याएर अगाडि छन् । त्यस्तै नेपाली कांग्रेसका राजुराज जोशीले आठ हजार नौ सय १२, विवेकशील पार्टीकी रञ्जु न्यौपानेले पाँच हजार एक सय ८९ र साझा पार्टीका किशोर थापाले तीन हजार ६२ मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र) का सर्वोत्तमदास डङ्गोलले भने एक हजार चार सय तीन मत प्राप्त गरेका छन् ।

त्यस्तै उपप्रमुखमा कांग्रेसकी हरिप्रभा खड्गीले ११ हजार पाँच सय १० र राप्रपाका राजाराम श्रेष्ठले  छ हजार छ सय ५१ मत प्राप्त गरेका छन् । अहिलेसम्म कामपामा लगभग ४० हजार मतगणना भएको प्रमुख निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिए । मतगणना १, २, २७ र २८ वडाको सम्पन्न भएको र १३ स्थानको जारी रहेको बताइएको छ ।

यसमा तपाईंको मत

Loading...

सम्बन्धित सामग्री

थप

धेरै पढिएको

थप

मनोरञ्जन

थप

'कुमारी आमा' बन्ने... !

काठमाडौँ, ७ जेठ, अवैद्य रुपमा चेलिवेटी वेचविखान तथा ओसार प्रसार विरुद्ध सन्देशमुलक नेपाली चलचित्र 'कुमारी ...