निर्वाचन विशेष

भोज खुवाएको भोलिपल्टै नतिजा उल्टेपछि के होला उम्मेदवारको हालत

जाजरकोट, ६ जेठ, वडा सदस्य निर्वाचित भएको भन्दै विजयोत्सव र भोज गरेका दुई व्यक्तिको खुसी एक दिन पनि टिक्न पाएन ।

भेरी र त्रिवेणी नलगाड नगरपालिकाको वडा सदस्यमा उनीहरुको नाम भुलवस पर्न गएको भन्दै निर्वाचन अधिकृतको कार्यालयले नयाँ नाम घोषणा गरेको छ ।

बुधबार भेरी नगरपालिका २ को खुला वडा सदस्यमा माओवादी केन्द्रका बलराम ओली विजयी घोषित भएका थिए ।

तर त्यसको भोलीपल्टै मत संख्या जोड्दा गल्ती भएको भन्दै कार्यालयले माओवादीकै पूर्णबहादुर खत्रीलाई विजयी घोषित गर्यो । खत्री भन्दा ओली २ मतले पछि रहेछन् । (कान्तिपुर दैनिकबाट)

यसमा तपाईंको मत

Loading...

सम्बन्धित सामग्री

थप

धेरै पढिएको

थप

मनोरञ्जन

थप

'कुमारी आमा' बन्ने... !

काठमाडौँ, ७ जेठ, अवैद्य रुपमा चेलिवेटी वेचविखान तथा ओसार प्रसार विरुद्ध सन्देशमुलक नेपाली चलचित्र 'कुमारी ...