साहित्य

पदयात्रा गर्दै शिवपुरी पिकमा स्रष्टाहरू (फोटो फिचर)

काठमाडौं, ५ जेठ, शहरको व्यस्तता, प्रदुषण र कामकाजको चटारो छाेडेर स्रष्टाहरू अाज शान्त, सुन्दर र प्राकृतिक मनाेरम स्थल शिवपुरी पिकमा पुगेका छन् । स्रष्टा पदयात्राकाे साताैं श्रृङखला अन्तरगत विभिन्न विधाका १२ जना स्रष्टाहरू अाज पैदल यात्रा गर्दै साे स्थानमा पुगेका हुन् ।

शिवपुरी पर्वतको शीरमा राखिएको म्याप बोर्ड

काठमाडौंकाे बुढानिलकण्ठबाट मुहान पाेखरी, छापभञ्ज्याङ हुँदै स्रष्टाहरू शिवपुरी पर्वत पुगेका थिए । शिवपुरी बाबाकाे अाश्रम रहेकाे साे ठाउँमा स्रष्टाहरूले रचना वाचन तथा साहित्यिक छलफल गरेका छन् । 

डाँडामा स्थापना गरिएको शिवपुरी बाबाको मूर्ति

पदयात्रामा सहभागी हुने स्रष्टाहरूमा अन्वेशक शितल गिरी, कवि डिल्लीराज अर्याल, नियात्राकार जय छाङ्छा, मुक्तककार जसध्वज गुरूङ, अनुसन्धाता डा. भक्त राई, पत्रकार डिल्लीरमण सुवेदी, गजलकार लीलाराज दाहाल, समालोचक डा. धनप्रसाद सुवेदी, कथाकार मन्दिरा मधुश्री, गीतकार श्याम भावुक, उपन्यासकार बखतबहादुर थापा र कालीबहादुर राई सहभागी थिए ।

टोड्के बाबाले ध्यान गरेर बसेको टोड्को (गुफा)

पिकबाट फर्किने क्रममा टाेडके बाबाकाे दर्शन र छलफल गरेका थिए । बाबाले वागमती नदीकाे उद्गम स्थलकाे नामैमा गलत भईरहेकाे बताउँदै वागद्वारकाे उत्पत्तिको बारेमा नयाँ धारणाको उजागर गरे । उनले भगवान शिवकाे मुखबाट नदीकाे उत्पत्ति भएको भन्ने पाैराणिक ग्रन्थमा समेत उल्लेख भएकाे बताउँदै वागमतीलाई 'वाकमती' र बागद्वारलाई 'वाकद्वार' भनिनु पर्ने बताए । उनी विगत २४ वर्षदेखि शिवपुरीकाे साे एकान्त वनमा ध्यान गरेर बसिरहेका छन् । 

हाल वागद्वार नजिक बसोबास गरिरहेका टोड्के बाबासँग उनकै आश्रममा सामूहिक फोटो खिचाउँदै स्रष्टाहरू

यसैगरी स्रष्टाहरूले वागद्वारकाे अवलाेकन गरेका थिए । काठमाडौंकै एक पवित्र नदीकाे उद्गम स्थलमा पुग्दा स्रष्टाहरू  काठमाडौंमा अहिलेकाे वागमती सम्झेर भावुक बनेका थिए । वागमतीकाे सुन्दरता फर्काउन काठमाडौंबासीकाे साेचमै परिवर्तन ल्याउन जरूरी रहेकाे उनीहरूकाे निष्कर्ष थियाे ।

वागमती नदीको उद्गमस्थल 'वागद्वार'

बिहान करिब ८ बजे बुढानिलकण्ठबाट सुरू भएकाे पदयात्रा  साँझ ६ बजे साेही ठाउँमा अाएर समापन भएकाे थियाे । हरेक महिनाकाे पहिलाे शुक्रबार अायाेजना हुने याे पदयात्राकाे अाठाैं श्रृङखला भक्तपुरको चाँगुनारायणबाट साँखुसम्म हुने बताइएकाे छ ।

वागद्वारमा स्रस्टाहरू

टोड्के बाबाको पुरानो आश्रम नजिकको 'कामधेनु गाई शिला' मा तस्विर खिचाउँदै स्रष्टा

शिवपुरी पिकबाट फर्किने क्रममा स्रष्टाहरू

पुरानो रुखमै बनाइएको एक कुटी

वागद्वार भन्दा केही तल बाटोमा भेटिएको एक वयोवृद्ध रुख र बाटो

यसमा तपाईंको मत

Loading...

सम्बन्धित सामग्री

थप

धेरै पढिएको

थप

मनोरञ्जन

थप

'कुमारी आमा' बन्ने... !

काठमाडौँ, ७ जेठ, अवैद्य रुपमा चेलिवेटी वेचविखान तथा ओसार प्रसार विरुद्ध सन्देशमुलक नेपाली चलचित्र 'कुमारी ...