राजनीति

‘ठूलो वीरता प्रदर्शनपछि पहिलो चरणको निर्वाचन सम्पन्न’ –प्रचण्ड

भरतपुर, ५ जेठ, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धेरै अप्ठ्यारासँग सामना गरेर ठूलो वीरता प्रदर्शनपछि मात्रै स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भएको बताएका छन् ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनको केन्द्रीय कार्यालय भवनको आज यहाँ उद्घाटन गर्दै उनले धेरै ठूलो मिहिनेतपछि र लामो समयको अन्तरालपछि नयाँ सन्दर्भमा स्थानीय तहको पहिलो चरणकोे निर्वाचन सम्पन्न भएको बताए ।

दोस्रो चरणको निर्वाचन सम्पन्न गर्ने दायित्व पनि त्यति नै गम्भीर भएको बताउँदै उनले भने “अझ भन्ने हो भने पहिलोभन्दा अझ बढी गम्भीर जिम्मेवारी दोस्रो चरणमा छ ।”


दोस्रो चरणको निर्वाचन सम्पन्न गरिसकेपछि परिवर्तन संस्थागत मात्रै नभएर जनताको सहभागितामा कल्पना गरेभन्दा राम्रो विकास हुने उनले बताए ।

निर्वाचन सफलतापूर्वक सम्पन्न गर्दा आफ्नो जिम्मेवारी पूरा भएको महसुस भएको छ भन्दै उनले आफूलाई कसले जित्छ, कसले हार्छ भन्ने आफूलाई नलागेको बताए ।

उनले भने “नेपाली कांग्रेसले जिते पनि मैले जितेको जस्तो हुने, एमालेले जिते पनि मैले नै जितेको जस्तो ठानेको छु, माओवादीले जित्दा त ठान्ने नै भएँ ।”

लामो समयदेखि कृषि र त्रिभुवन विश्वविद्यालयबीच भौतिक सम्पत्तिमाथिको विवाद अन्त्य गर्न आफू सफल भएको पनि प्रधानमन्त्री दाहालले बताए ।

सोही अवसरमा कृषि विकासमन्त्री गौरीशङ्कर चौधरीले विश्वविद्यालय कृषि विकास मन्त्रालयअन्तर्गत रहनुपर्ने बताउँदै विश्वविद्यालयले अध्ययन, अनुसन्धान र प्रसारमा लागेमा कृषिको आधुनिकीकरणमा सहयोग पुग्ने छ भने ।

कार्यक्रममा सांसद शेषनाथ अधिकारी र कृष्णभक्त पोखरेलले चितवनवासीको ठूलो सङ्घर्षबाट स्थापित विश्वविद्यालयलाई संस्थागत रुपमा विकास गरेर लैजान सरकारी तवरबाट सहयोगको खाँचो औँल्याए ।

 

यसमा तपाईंको मत

Loading...

सम्बन्धित सामग्री

थप

धेरै पढिएको

थप

मनोरञ्जन

थप

'कुमारी आमा' बन्ने... !

काठमाडौँ, ७ जेठ, अवैद्य रुपमा चेलिवेटी वेचविखान तथा ओसार प्रसार विरुद्ध सन्देशमुलक नेपाली चलचित्र 'कुमारी ...