अर्थ

अर्थमन्त्री महरा भन्छन् – स्थानीय तहलाई प्राथमिकतामा राखी सङ्घीयतामुखी बजेट आउँछ

काठमाडौँ, ५ जेठ, उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले आगामी बजेट स्थानीय तहलाई प्राथमिकतामा राखी सङ्घीयतामुखी बनाइने बताएका छन् ।

नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठनले आयोजना गरेको ‘नेपालको अर्थतन्त्रमा राजनीतिक सङ्क्रमणकालको प्रभाव’ विषयको अन्तक्र्रिया कार्यक्रममा अर्थमन्त्री महराले स्थानीय तहमा राजनीतिक मात्र नभई आर्थिक अधिकार पनि दिइने बताए ।

“स्थानीय तहमै बजेट दिन्छौँ, कार्यक्रम गाउँपालिका र नगरपालिकाले आफैँ बनाउँछन्, तीन तहको निर्वाचनसँगै अर्थतन्त्र अझ सुदृढ हुनेछ”, उनले भने ।
कार्यक्रममा उपप्राध्यापक रमेश दुलालले शान्ति प्रक्रियाअघि आर्थिक वृद्धिदर ३.८९ रहेकामा शान्ति प्रक्रियापछि लगत्तै ४.१ प्रतिशत पुगेको जानकारी दिए ।
सो अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य चन्द्रकान्त पौडेल, नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा दीपेन्द्रबहादुर क्षत्री, अर्थशास्त्री डा शुरवीर पौडेल र अनन्तकुमार मैनाली, नेपाल उद्योग परिसङ्घका उपाध्यक्ष कृष्ण अधिकारी, नेपाल घरेलु उद्योग महासङ्घका उपाध्यक्ष विष्णु लुइँटेल, सङ्गठनका अध्यक्ष श्यामबहादुर पाठकलगायतले सङ्क्रमणकालमै पनि आर्थिक अवस्था सुधारोन्मुख भए पनि सन्तोषजनक नभएको बताए । रासस

यसमा तपाईंको मत

Loading...

सम्बन्धित सामग्री

थप

धेरै पढिएको

थप

मनोरञ्जन

थप

'कुमारी आमा' बन्ने... !

काठमाडौँ, ७ जेठ, अवैद्य रुपमा चेलिवेटी वेचविखान तथा ओसार प्रसार विरुद्ध सन्देशमुलक नेपाली चलचित्र 'कुमारी ...