समाज

सहिद पिता बिदिलालको निधन

इनरुवा, ५ जेठ, मधेस आन्दोलनका योद्धा तथा मधेस सेनानी बिदिलाल मेहताको बिहीबार साँझ निधन भएको छ ।

सुनसरी सदरमुकाम इनरुवा–२ साबिकको वडा नं ८ घर भएका मेहताको आफ्नै निवासमा निधन भएको हो ।

मेहता मधेस आन्दोलनका क्रममा आफू र उहाँका छोराले महत्वपूर्ण योगदान गरेका थिए ।

मेहताका छोरा हरि मेहता २०६२÷६३ सालको तत्कालीन मधेस आन्दोलनमा प्रहरीको गोली लागी सहादत प्राप्त गरी सहिद भएका थिए ।

छोरा सहिद भएपछि सहिद पिताको नामले चर्चित मेहताको निधनले मधेस आन्दोलनका क्रममा अपूरणीय क्षति भएको मधेस आन्दोलनका अगुवाले बताएका छन् ।

सहिद हरि मेहताका पिता बिदिलालको बिहीबार निधन भए पनि शुक्रबार उनको अन्तिम संस्कार गरिने परिवारिक स्रोतले जनाएको छ ।

मेहता मधेसी जनाधिकार फोरम लोकतान्त्रिकमा आबद्ध भएर मधेसका अधिकार र पहिचानको पक्षमा वकालत गर्दै आएका थिए । रासस

यसमा तपाईंको मत

Loading...

सम्बन्धित सामग्री

थप

धेरै पढिएको

थप

मनोरञ्जन

थप

'कुमारी आमा' बन्ने... !

काठमाडौँ, ७ जेठ, अवैद्य रुपमा चेलिवेटी वेचविखान तथा ओसार प्रसार विरुद्ध सन्देशमुलक नेपाली चलचित्र 'कुमारी ...