पत्रपत्रिकाबाट

सवारी लाइसेन्स वितरण आइतबारदेखि

ललितपुर, ५ जेठ,  बागमती अञ्चल यातायात कार्यालयले स्थानीय तहको निर्वाचनका कारण रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षा आइतबारदेखि नियमित रूपमा लिने भएको छ ।  

दुई पाङ्ग्रे सवारीको लाइसेन्सका लागि आवेदन पनि त्यसै दिनदेखि लिने बताइएको छ ।

 निर्वाचनका कारण रोकिएको लाइसेन्स नविकरण, प्रतिलिपि उतार, अञ्चलीकरण, अन्तर्राष्ट्रिय लाइसेन्सको नेपालीकरण, प्रहरी कारवाहीमा परेर जफत भएका लाइसेन्स सवारी धनीलाई फिर्ता गर्ने कार्य पनि सुचारु हुनेछ ।
 
अञ्चल यातायात कार्यालय प्रमुख तेजनारायण यादवका अनुसार चारपाङ्ग्रे सवारीको प्रयोगात्मक परीक्षाका लागि पुराना दुई हजारभन्दा बढीको परीक्षा रोकिएकाले यो परीक्षा सकिएपछि चारपाङ्ग्रे सवारीको चालक अनुमति आवेदन पनि खुला हुनेछ । (गोरखापत्र दैनिकबाट)

यसमा तपाईंको मत

Loading...

सम्बन्धित सामग्री

थप

धेरै पढिएको

थप

मनोरञ्जन

थप

'कुमारी आमा' बन्ने... !

काठमाडौँ, ७ जेठ, अवैद्य रुपमा चेलिवेटी वेचविखान तथा ओसार प्रसार विरुद्ध सन्देशमुलक नेपाली चलचित्र 'कुमारी ...