पत्रपत्रिकाबाट

वायु सेवा निगमको मलेसिया र दोहा उडान बन्द

काठमाडौं, ५जेठ, नेपाल वायु सेवा निगमले मलेसियाको क्वालालम्पुर र कतारको दोहाको उडान बन्द गर्ने भएको छ ।

निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले दोहाबाट यात्रु बोकेर बुधबार नेपाल आउने क्रममा जहाजमा प्राविधिक समस्या आएसँगै जहाज दोहा विमानस्थलमा ग्राउन्डेड भएको जानकारी दिए ।

निगमसँग भएको एउटा बोइङ पनि ग्राउन्डेड भएसँगै क्वालालम्पुर र दोहाको उडान बन्द गर्नुपर्ने अवस्था आएको श्रेष्ठले बताए ।

नयाँ दिल्लीको उडान पनि प्रभावित हुने निगमको भनाइ छ ।

जहाजको प्राविधिक समस्या समाधानका लागि इन्जिनियरको खोजी भइरहेको उनले जानकारी दिए ।

जहाज नबन्दसम्मका लागि उडान बन्द हुने सूचनासमेत जारी भइसकेको छ । (अन्नपूर्ण पोष्ट दैनिकबाट)

 

यसमा तपाईंको मत

Loading...

सम्बन्धित सामग्री

थप

धेरै पढिएको

थप

मनोरञ्जन

थप

'कुमारी आमा' बन्ने... !

काठमाडौँ, ७ जेठ, अवैद्य रुपमा चेलिवेटी वेचविखान तथा ओसार प्रसार विरुद्ध सन्देशमुलक नेपाली चलचित्र 'कुमारी ...