अर्थ

भूकम्प पीडितसँग अनुदान सम्झौताको म्याद थप

सृष्टि सुनुवार,सोलुखुम्बु, ४ जेठ, सोलु दुधकुण्ड नगरपालिकाले भूकम्प पीडितसँग अनुदान सम्झौता गर्ने म्याद थप गरेको छ । यही ७ गतेसम्मको म्याद थप गरिएको अधिकारी योग्य प्रसाद राईले जानकारी दिए । आज बिहीबारसम्मको म्याद भए पनि  सम्झौता पत्र सकिएर यसअघि ४ दिन सम्झौता स्थगित भएको थियो । 

नगरपालिका भित्र १३ सय २४ परिवारको नामावली पुननिर्माण प्राधिकरणबाट प्रमाणित भएर आएको छ । सम्झौता गर्ने काम सकिएपछि पुननिर्माण प्राधिकरणमा जिल्ला समन्वय समिति मार्फत विवरण पठाइने राईले बताए । त्यसपछि मात्र पीडितले प्रथम किस्ता बापतको ५० हजार प्राप्त गर्नेछन् । 

तर सम्झौता गर्ने क्रममा विभिन्न व्यवहारिक समस्या देखिएका छन् । जसका कारण सेवाग्राहीहरु सास्ती खेप्न बाध्य भएका छन् भने नगरपालिकाका कर्मचारीलाई सेवा दिन समस्या उत्पन्न भएको जनाइएको छ ।

यसमा तपाईंको मत

Loading...

सम्बन्धित सामग्री

थप

धेरै पढिएको

थप

मनोरञ्जन

थप

'कुमारी आमा' बन्ने... !

काठमाडौँ, ७ जेठ, अवैद्य रुपमा चेलिवेटी वेचविखान तथा ओसार प्रसार विरुद्ध सन्देशमुलक नेपाली चलचित्र 'कुमारी ...