सूचना/प्रविधि

प्रेस काउन्सिल नेपालको अध्यक्षमा भवानी बराल नियुक्त

काठमाडौँ, ४ जेठ, प्रेस काउन्सिल नेपालको अध्यक्षमा वरिष्ठ पत्रकार भवानी बराल नियुक्त भएका छन् । बिहीबार बिहान बसेको मन्त्रीपरिषद्को बैठकले बराललाई काउन्सिलको अध्यक्षमा नियुक्त गरेको हो । 

प्रेस जगतलाई बुझेका पुराना पत्रकार नै काउन्सिलको अध्यक्षमा नियुक्ति हुनुले काउन्सिलको गरिमा बढेको छ । 

मन्त्री परिषद् बैठकले थरुहट आन्दोलन र मधेस आन्दोलनलाई राजनीतिक आन्दोलनको रुपमा स्वीकार गर्ने निर्णय गरी त्यसमा संलग्नहरु विरुद्ध लागेका मुद्दा फिर्ता लिने निर्णय गरेको छ । मुद्दा फिर्ता सम्बन्धी प्रस्ताव तयार गर्न कानुन मन्त्रालयलाई जिम्मेवारी दिइएको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए । सरकारले सेना तथा प्रहरीले सञ्चालन गरेको स्वास्थ्य संस्थामा आम नागरिकलाई सेवा दिने निर्णय पनि गरेको छ ।

सरकारले स्थानीय चुनावको सन्दर्भमा मारिएका दुई जनालाई शहीद घोषणा गरी परिवारलाई १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । काभ्रेको नमोबुद्धमा मारिएका नवराज पाठक र दोलखाको जुगुमा मारिएका कुलबहादुर तामाङलाई शहीद घोषणा गरिएको हो । सरकारले उनीहरुको छोराछोरीको शिक्षादीक्षामा पनि सहयोग गर्ने निर्णय गरेको मन्त्री कार्कीले जानकारी दिए ।

यसैगरी बैठकले नदी प्रणाली व्यवस्थापन तथा हरियाली प्रवद्र्धन, वन विकास र नवीकरण उर्जा प्रवद्र्धन, प्राकृतिक स्रोतको दीगो व्यवस्थापन, जलवायु परिवर्तनबाट हुने जोखिम व्यवस्थापनका लागि अनुकूलन कार्यक्रम समावेश गरी ''चुरे तराई मधेश संरक्षण तथा व्यवस्थापन गुरुयोजना'' निर्माण गर्ने पनि निर्णय गरेको छ ।

यसमा तपाईंको मत

Loading...

सम्बन्धित सामग्री

थप

धेरै पढिएको

थप

मनोरञ्जन

थप

'कुमारी आमा' बन्ने... !

काठमाडौँ, ७ जेठ, अवैद्य रुपमा चेलिवेटी वेचविखान तथा ओसार प्रसार विरुद्ध सन्देशमुलक नेपाली चलचित्र 'कुमारी ...