राजनीति

दोस्रो चरणको निर्वाचनको वातावरण बनाउन कांग्रेस र राजपाको बैठक

काठमाडौँ, ३ जेठ, नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले दोस्रो चरणको स्थानीय तहको निर्वाचन सफल बनाउन आवश्यक वातावरण बनाउने निष्कर्ष निकालेका छन् । कांग्रेस संसदीय दलको कार्यालयमा आज बसेको दुवै पक्षका शीर्ष नेताको बैठकले निर्वाचनमा राजपा नेपालको सहभागिताका लागि संविधान संशोधनलगायत माग सम्बोधन गर्ने सहमति गरेको हो ।

यही जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचन राजपा नेपालको समेत सहभागितामा सफल बनाउने सम्बन्धमा छलफल भएको बैठकपछि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए ।

वरिष्ठ नेता पौडेलले भने, “उहाँहरुका माग सम्बोधन गर्दै जान्छौँ र गर्छौँ । संविधान संशोधन प्रस्तावलाई पारित गर्न आवश्यक बहुमत पुर्याउन अन्य पार्टीसँग पनि छलफल गर्छौँ ।”

तराई मधेसमा जनसङ्ख्याका आधारमा स्थानीय तहको सङ्ख्या बढाउने सम्बन्धमा सरकारका तर्फबाट काम भइरहेको बताउँदै उनले राजपा नेपालको मागबमोजिम आन्दोलनमा मृत्यु भएका व्यक्तिलाई सहिद घोषणा गर्ने काम भइसकेको जानकारी दिए ।

बैठकमा राजपा नेपाललाई निर्वाचनमा चुनाव चिह्न दिलाउने सम्बन्धमा पनि निर्वाचन आयोगसँग छलफल गर्ने सहमति भएको छ । संविधान संशोधन पारित गर्ने सम्बन्धमा सत्ता पक्षका दलहरुले भोलि राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत दलसँग छलफल गर्ने तयारी गरेको छ ।

राजपा नेपालले बैठकमा निर्वाचनका लागि आवश्यक वातावरण बन्न नसकेकाप्रति कांग्रेसको ध्यानाकर्षण गराएको राजपा नेपालका नेता राजेन्द्र महतोले जानकारी दिए । निर्वाचनको वातावरण नबनेसम्म तराई मधेसमा निर्वाचन हुन नसक्ने स्पष्ट पार्दै उनले त्यसका लागि संविधान संशोधन गर्नुपर्ने, जनसङ्ख्याका आधारमा स्थानीय तहको सङ्ख्या बढाउनुपर्ने र आन्दोलनका क्रममा लागेका मुद्धा फिर्ता लिइनुपर्ने बताए ।रासस

यसमा तपाईंको मत

Loading...

सम्बन्धित सामग्री

थप

धेरै पढिएको

थप

मनोरञ्जन

थप

'कुमारी आमा' बन्ने... !

काठमाडौँ, ७ जेठ, अवैद्य रुपमा चेलिवेटी वेचविखान तथा ओसार प्रसार विरुद्ध सन्देशमुलक नेपाली चलचित्र 'कुमारी ...