राजनीति

'२० वर्ष चुनाव नहुँदा चुप लाग्ने अनि मतपरिणामको लागि दश दिन कुर्न नसक्ने ?'

काठमाडौँ, ३ जेठ, प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले एक हप्ताभित्रै पहिलो चरणको निर्वाचनको सम्पूर्ण मतपरिणाम सार्वजनिक हुने बताएका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा प्रमुख आयुक्त यादवले एक हप्ताभित्रै सबै मतपरिणाम आईसक्ने दाबी गरे । 

उनले भने, 'मतगणना भइरहेको छ, तर ढिलाई भएको चाहीँ हो, यसको प्रमुख कारण भनेको नै मतपत्र ठूलो भएर हो, अब हामी मतगणना डेस्क बढाउँछौँ ।' उनका अनुसार काठमाडौँ, ललितपुर, पोखरा, भरतपुर महानगरमा मतगणना डेक्स थपिनेछन् । काठमामाडौँमा मतगणना डेस्क ११ सम्म पुर्याउने उनले जानकारी दिए ।

यादवले पहिलो चरणको निर्वाचन सम्पन्न भएकै साँझदेखि मतगणना कार्य सुरु भएको उल्लेख गर्दै अहिलेसम्म २५ जिल्लाको मतगणनना सकिएको बताए । यद्धपि उनले मतगणना ज्यादै ढिला नभएको स्पष्ट पारे । 

उनले भने, 'अहिले केही ढिलाई भएका छन्, तर समय लाग्दा कोही पनि आँत्तिनु हुँदैन्, २० वर्ष निर्वाचन नहुँदा चुप लागेर बस्नेहरु अहिले किन एक हप्ता धैर्य गर्न नसकेका होलान् ? मलाई त आश्चर्य लागेको छ ।' यादवले मतपरिणाम सार्वजनिक गर्नकोलागि विद्युतीय डिस्प्ले पनि राखिने तयारी भएको बताए । 

यसमा तपाईंको मत

Loading...

सम्बन्धित सामग्री

थप

धेरै पढिएको

थप

मनोरञ्जन

थप

'कुमारी आमा' बन्ने... !

काठमाडौँ, ७ जेठ, अवैद्य रुपमा चेलिवेटी वेचविखान तथा ओसार प्रसार विरुद्ध सन्देशमुलक नेपाली चलचित्र 'कुमारी ...