सूचना/प्रविधि

सञ्चारकर्मी भण्डारीलाई 'उत्कृष्ट कृषि पत्रकारिता' पुरस्कार

झापा, २० असोज, जिल्ला कृषि विकास कार्यालयले झापाका सञ्चारकर्मी केशवराज भण्डारीलाई 'उत्कृष्ट कृषि पत्रकारिता पुरस्कार' प्रदान गरेको छ । कार्यालयले बिहीबार जिल्ला विकास समितिको सभाकक्षमा आयोजित विशेष कार्यक्रमकाबीच भण्डारीलाई पुरस्कारसहित सम्मान गरेको हो ।

सञ्चारकर्मी भण्डारीले कृषि प्रसार कार्यक्रमहरुको गतिविधि स्थलगत रुपमा छायाङ्कन, प्रशोधन एवम् प्रशारण कार्य गरी कृषकहरु माझ प्रविधि प्रसारका साथै सूसुचित गर्ने गराउने कार्यमा उल्लेख्य योगदान पुर्याएको भन्दै कार्यालयले सम्मान गरेको छ । कार्यालयले ३६ औँ विश्व खाद्य दिवसको अवसरमा 'भईरहेछ जलवायु परिवर्तन, गर्नुछ खाद्य र कृषिमा अनुकुलन' भन्ने नाराका साथ आज प्रवचन तथा पुरस्कार वितरणको कार्यक्रम आयोजना गरेको थियो । 

सञ्चारकर्मी भण्डारी हाल दमक, झापामा रहेको हिमशिखर टेलिभिजनसँग सम्बद्ध छन् ।

यसमा तपाईंको मत

Loading...

सम्बन्धित सामग्री

थप

धेरै पढिएको

थप

मनोरञ्जन

थप

'कुमारी आमा' बन्ने... !

काठमाडौँ, ७ जेठ, अवैद्य रुपमा चेलिवेटी वेचविखान तथा ओसार प्रसार विरुद्ध सन्देशमुलक नेपाली चलचित्र 'कुमारी ...