सूचना/प्रविधि

जिएसएम र सिडिएमए मोबाइल डाटामा टेलिकमको अफरै-अफर !

काठमाडौँ, ३ जेठ, आम नेपाली नागरिकलाई टेलिफोन सेवा उपलब्ध गराइएको १ सय वर्ष पूरा भएको अवसरमा नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि अफरै–अफर दिएको छ । विश्व दूरसञ्चार तथा सूचना समाज दिवस (ITU Day, 2017 May 17) का दिन नेपाल टेलिकमले जिएसएम तथा सिडिएमए मोबाइल सेवाका ग्राहकलाई बिभिन्न प्रमोसनल अफरहरु उपलब्ध गराएको हो । 

टेलिकमले अफर अन्तर्गत फोरजी डाटा प्याकेज जिएसएम सेवाका ग्राहकलाई उपलब्ध गराएको छ भने अल टाइम डाटा प्याकेज र नाइट डाटा प्याकेज सिडिएमए सेवाका ग्राहकहरुलाई पनि उपलब्ध गराएको छ । 

फोरजी डाटा प्याकेज अन्तर्गत ५० रुपैयाँमा सात दिनसम्म उपभोग गर्न पाउने गरी २ सय एमबी डाटा उपलब्ध गराइएको कम्पनीले जनाएको छ । त्यसैगरी १ सय रुपैयाँमा चौध दिनसम्म उपभोग गर्न पाउने गरी ५ सय एमबी डाटा, २ सय रुपैयाँमा २८ दिनसम्म उपभोग गर्न पाउने गरी १२ सय एमबी डाटा, ३ सय रुपैयाँमा २८ दिनसम्म उपभोग गर्न पाउने गरी २ हजार एमबी डाटा र ५ सय रुपैयाँमा २८ दिनसम्म उपभोग गर्न पाउने गरी ३ हजार ६ सय एमबी डाटा उपलब्ध गराएको छ । यो सेवा लिनका लागि जति एमबी आवश्यक पर्ने हो सोही अनुसार १४१५ मा सन्देश पठाउनु पर्ने नेपाल टेलिकमले जनाएको छ । जस्तैः 500MB डाटा सेवा लिनका लागि 4G500MB टाइप गरी १४१५ मा एसएमएस पठाउनु पर्ने छ । 

अल टाइम डेटा प्याक अन्तर्गत स्मल डेटा प्याक (रु.२५ र रु.५०) पनि थप गरिएको छ ।  अल टाइम डाटा प्याकेज अन्तर्गत २५ रुपैयाँमा सात दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ६० एमबी डाटा उपलब्ध गराएको छ । त्यसैगरी ५० रुपैयाँमा चौध दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी १ सय २५ एमबी डाटा, १ सय रुपैयाँमा तीस दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ४ सय एमबी डाटा, २ सय रुपैयाँमा तीस दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ८ सय ५० एमबी डाटा र ३ सय रुपैयाँमा तीस दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी १ हजार ५ सय एमबी डाटा पनि उपलब्ध गराइएको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यद्वार जारी विज्ञप्तिमार्फत जनाइएको छ । 

यो सेवा लिनका लागि जति एमबी आवश्यक पर्ने हो सोही अनुसार १४१५ मा सन्देश पठाउनु पर्ने हुन्छ । जस्तै: ६० एमबी डाटा लिनका लागि DATA60MB टाइप गरी १४१५ मा एसएमएस पठाउनु पर्छ ।

त्यसैगरी नेपाल टेलिकमले नाइट डाटा प्याकेज अन्तर्गत २ सय रुपैयाँमा ३ जीबी डाटा र ३ सय रुपैयाँमा ६.५ जीबी डाटा राती १० बजेदेखि बिहान ६ बजेसम्म तीस दिनसम्म उपभोग गर्न पाइने गरी उपलब्ध गराएको छ । यो सेवा लिनका लागि जति जिबी आवश्यक पर्ने हो सोही अनुसार १४१५ मा सन्देश पठाउनु पर्छ । जस्तैः ६.५ जिबी डाटा लिनका लागि NIGHT6GB टाइप गरी १४१५ मा एसएमएस पठाउनु पर्छ ।

उपरोक्त अल टाइम डाटा प्याकेज तथा नाइट डाटा प्याकेज सिडिएमए सेवाका ग्राहकलाई २०७४ जेठ ३ गतेदेखि उपलब्ध गराइएको टेलिकमले जनाएको छ । जिएसएम सेवाका ग्राहकलाई भने २०७४ वैशाख २९ देखि नै लागू हुने गरी यो सेवा उपलब्ध गराइसकिएको टेलिकमले बताएको छ ।

यस्तैगरी फेसबुक तथा इन्स्टाग्राम डाटा प्याकेज अन्तर्गत २५ रुपैयाँमा सात दिनसम्म उपभोग गर्न पाउने गरी १ सय १० एमबी डाटा पनि उपलब्ध गराएको छ । ५० रुपैयाँमा चौध दिनसम्म उपभोग गर्न पाउने गरी २ सय ३० एमबी डाटा, १ सय रुपैयाँमा २८ दिनसम्म उपभोग गर्न पाउने गरी ५ सय एमबी डाटा र २ सय रुपैयाँमा २८ दिनसम्म उपभोग गर्न पाउने गरी १ हजार १ सय एमबी डाटा पनि उपलब्ध गराएको छ । यो सेवा लिनका लागि जति एमबी आवश्यक पर्ने हो सोही अनुसार १४१५ मा सन्देश पठाउनु पर्नेछ । जस्तैः ११० एमबी डाटा लिनका लागि FB110MB टाइप गरी १४१५ मा एसएमएस पठाउनु पर्नेछ । 

उपरोक्त अफरका दरहरु करसहितका भएको पनि टेलिकमले जनाएको छ । कम्पनीको प्रमोशनल अफर अन्तर्गत उपलब्ध गराइएको यो सहुलियत २०७४ साउन २८ गतेसम्म कायम रहने पनि बताइएको छ । 
 

यसमा तपाईंको मत

Loading...

सम्बन्धित सामग्री

थप

धेरै पढिएको

थप

मनोरञ्जन

थप

'कुमारी आमा' बन्ने... !

काठमाडौँ, ७ जेठ, अवैद्य रुपमा चेलिवेटी वेचविखान तथा ओसार प्रसार विरुद्ध सन्देशमुलक नेपाली चलचित्र 'कुमारी ...