विश्व

उत्तर कोरियासंग अब युद्ध नै विकल्प ?

सियोल, ३१ बैशाख, उत्तर कोरियाले फेरि पनि ब्यालेस्टिक मिसाइल परीक्षण गरेसंगै अब भने युद्ध नै विकल्प हो कि भन्ने मनस्थितिमा अमेरिका पुगेको छ । संयुक्त राष्ट्रसंघलेसमेत निरन्तर चेतावनी दिंदासमेत उत्तर कोरियाले अटेर
 गर्दै आएको छ । उत्तर कोरियाले राजधानी प्योङयाङको उत्तर–पश्चिमी क्षेत्र कुसोङबाट ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको दक्षिण कोरियाको सेनाले पुष्टि गरेको छ । झण्डै सात सय किलोमिटर परसम्म पुगेको मिसाइल परीक्षण गरिएको बीबीसीले जनाएको छ ।

उत्तर कोरियासंग वार्ताका लागि दक्षिण कोरिया र अमेरिका पनि तयार हुँदै गर्दा उत्तर कोरियाले भने चुनौती दिंदै आएको छ ।

उत्तर कोरियाको निरन्तर परीक्षणले दक्षिण कोरियालाई चिन्ता परेको छ ।

यसमा तपाईंको मत

Loading...

सम्बन्धित सामग्री

थप

धेरै पढिएको

थप

मनोरञ्जन

थप

'कुमारी आमा' बन्ने... !

काठमाडौँ, ७ जेठ, अवैद्य रुपमा चेलिवेटी वेचविखान तथा ओसार प्रसार विरुद्ध सन्देशमुलक नेपाली चलचित्र 'कुमारी ...