खेलकुद

अन्तर्राष्ट्रिय मिलो खुला कराँते खेल्न नेपाली टोली मलेसियातर्फ

काठमाडौं, २९ वैशाख, अठारौं अन्तर्राष्ट्रिय मिलो खुला कराँते च्याम्पियनसिपमा सहभागी हुन ३ खेलाडीसहित ४ सदस्यीय नेपाली कराते टोली शुक्रबार मलेसियाको क्वालालम्पुर प्रस्थान गरेको छ । मे १२ देखि १४ तारिखसम्म हुने प्रतियोगितामा नेपाल सितोरियो कराते डो संघ, शाखा डोजो लैनचौरको टोली सहभागी हुन लागेको हो । पुरुषको ६० केजीमुनि भूपेन्द्र पुन मगर, ७५ केजीमुनि ज्ञानु पुन मगर र ८४ केजीमुनि सुमित घर्ती मगरले प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षकमा अमित न्यौपाने छन् । टोलीलाई डोजो प्रमुख रामकुमार थारुले एक कार्यक्रमबीच बिदाइ गरे ।

यसमा तपाईंको मत

Loading...

सम्बन्धित सामग्री

थप

धेरै पढिएको

थप

मनोरञ्जन

थप

'कुमारी आमा' बन्ने... !

काठमाडौँ, ७ जेठ, अवैद्य रुपमा चेलिवेटी वेचविखान तथा ओसार प्रसार विरुद्ध सन्देशमुलक नेपाली चलचित्र 'कुमारी ...