सूचना/प्रविधि

६२ सञ्चार माध्यमले आचारसंहिता उल्लङ्घन गरे !

काठमाडौँ, २९ वैशाख, स्थानीय तह निर्वाचन, २०७४ को निर्वाचनको मौनअबधिसम्ममा ६२ सञ्चार माध्यमका ११५ सामग्रीमा पत्रकार आचारसंहिता तथा निर्वाचन आचारसंहिता उल्लङ्घन भएको पाईएको छ । यता सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरिएका १० दशवटा सामग्रीहरु उल्लङ्घन गर्नेमा परेका छन् ।

प्रेस काउन्सिल नेपालले २०७४ वैशाख १५ देखि २८ गतेसम्मको अवधिमा छापातर्फ ३४ माध्यममा ६६ सामग्री, विद्युतीयतर्फ १८ अनलाइनका प्रकाशित÷प्रसारित २५ सामग्री, ५ वटा टेलिभिजनका १२ सामग्री र ५ वटा रेडियोका १२ सामग्रीले आचारसंहिता उल्लङ्घन गरेको पाईएको बताएको छ । काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले भने– ''पत्रकार आचारसंहिता तथा निर्वाचन आचारसंहिताको उल्लघङ्न गर्ने छापा ३, रेडियो ५, टेलिभिजन ५ वटालाई तुरुन्तै एलर्ट गरिएको छ ।''

आचारसंहिता आकर्षित भएका विषयवस्तुमा एकपक्षीय तथा सत्य, तथ्य र निष्पक्ष नभएको, निर्वाचन आचारसंहिताले तोकेको समयसीमा अनुरुप विज्ञापन प्रकाशन÷प्रसारण नभएको, निर्वाचनसँग सम्बन्धित सभा, सम्मेलनको प्रत्यक्ष प्रसारण गरेर उल्लङ्घन गरेको पाइएको काउन्सिलले जनाएको छ ।

निर्वाचन आचारसंहिता अनुगमनको जिम्मेवारी पाएको प्रेस काउन्सिल नेपालले गुणात्मक अनुगमन प्रणालीको दैनिक रुपमा र संख्यात्मक अनुगमनको साप्ताहिक रुपमा निर्वाचन आयोगलाई रिपोर्टिङ गर्दै आएको पनि जनाएको छ ।
 

यसमा तपाईंको मत

Loading...

सम्बन्धित सामग्री

थप

धेरै पढिएको

थप

मनोरञ्जन

थप

'कुमारी आमा' बन्ने... !

काठमाडौँ, ७ जेठ, अवैद्य रुपमा चेलिवेटी वेचविखान तथा ओसार प्रसार विरुद्ध सन्देशमुलक नेपाली चलचित्र 'कुमारी ...