साहित्य

हरिवंश आचार्यको उपन्यास कृति 'हरिबहादुर' सार्वजनिक

काठमाडौँ, २३ वैशाख, कलाकार हरिवंश आचार्यद्वारा लिखित उपन्यास कृति 'हरिबहादुर' सार्वजनिक भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानमा आज आयोजित एक भव्य समारोहकाबीच सो कृति सार्वजनिक गरिएको हो । 

कलाकार मदनकृष्ण श्रेष्ठले सो कृतिको औपचारिक रुपमा सार्वजनिक गरे । मह जोडीका समर्थकहरुको बाक्लो उपस्थिति रहेको सो कार्यक्रममा महजोडी प्रति निक्कै ठूलो सद्भाव र समर्थन देखिएको थियो । उपस्थित अधिकांश सहभागीहरुले पुस्तक किनेर महको हस्ताक्षर लिएको दृश्य हेर्न लायक थियो ।

वि.सं. २०७० सालमा 'चिना हराएको मान्छे' नामक आत्मकथा लेखेर लेखकीय चर्चा कमाएका आचार्यले पहिलो पटक उपन्यास कृति लेखेका हुन् । फाइन प्रिन्टद्वारा प्रकाशित सो पुस्तकको मूल्य ३९८ रुपैया रहेको छ ।

यसमा तपाईंको मत

Loading...

सम्बन्धित सामग्री

थप

धेरै पढिएको

थप

मनोरञ्जन

थप

'कुमारी आमा' बन्ने... !

काठमाडौँ, ७ जेठ, अवैद्य रुपमा चेलिवेटी वेचविखान तथा ओसार प्रसार विरुद्ध सन्देशमुलक नेपाली चलचित्र 'कुमारी ...