स्वास्थ्य

नौ एचआइभी सङ्क्रमितको मृत्यु, सङ्क्रमितमा पुरुषभन्दा महिला बढी

बझाङ, २२ वैशाख, जिल्लामा पुरुषभन्दा बढी महिला एचआइभी सङ्क्रमित भएको बझाङ जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । प्राप्त तथ्याङ्कअनुसार जिल्लामा पुरुषभन्दा बढी महिलामा एचआइभीे सङ्क्रमण देखिएको हो । एक सय पन्ध्र एचआइभी सङ्क्रमितमध्ये जिल्लामा ५७ पुरुष र ५८ महिला रहेको एचआइभी काउन्सेलर अरुणा खड्काले बताइन् । तीमध्ये नौ एचआइभी सङ्क्रमितको  मृत्यु भइसकेको छ ।

सङ्क्रमितमध्ये तीन बालकलाई उनकै आमाबाट एचआइभी सरेको स्वास्थ्य बताइएको छ । बालबालिका तथा महिलामा बढी एचआइभी सङ्क्रमण हुनुको प्रमुख कारण रोजगारीका लागि छिमेकी देश भारत गएका पुरुषले असुरक्षित यौन सम्पर्क राख्नु र लापर्बाहीका कारण महिला तथा बालबालिका समेत प्रभावित भएको जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताए ।

जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्कका आधारमा ५८ जनाले मात्र एआरटी सेवा लिइरहेका र बाँकीले सो सेवा लिन नमानेको बताइएको छ ।

पीडितहरुलाई समाजले चिनेपछि अपहेलित हुने डरले सेवा लिन नमानेको स्वास्थ्यकर्मीको भनाइ छ । जिल्लाको सबैभन्दा बढी सङ्क्रमित रायल गाविसमा नौजना सङ्क्रमित रहेको जनस्वाथ्य अधिकृत दयाकृष्ण पन्तले बताए ।रासस

यसमा तपाईंको मत

Loading...

सम्बन्धित सामग्री

थप

धेरै पढिएको

थप

मनोरञ्जन

थप

'कुमारी आमा' बन्ने... !

काठमाडौँ, ७ जेठ, अवैद्य रुपमा चेलिवेटी वेचविखान तथा ओसार प्रसार विरुद्ध सन्देशमुलक नेपाली चलचित्र 'कुमारी ...