शिक्षा

हावाहुरीले विद्यालयको छानो उडायो

बाबियाचौर, २२ वैशाख, धौलागिरि गाउँपालिका–६ मराङस्थित राम्चे प्राविको कक्षाकोठा भवनको छानो बिहीबार दिउँसोको हावाहुरीले उडाएको छ ।

बेजोडका साथ चलेको हावाहुरीले दुईकोठे भवनको जस्तापाताको छानो उडाएको विद्यालयका प्रधानाध्यापक छोटेलाल ठाकुरले बताए ।

उनका अनुसार विद्यालयको प्रशासनिक कार्यालय र कक्षा ५ को पठनपाठन हुने भवनको छानो उडाएको हो ।

छानो उडाउँदा प्रशासन कक्षका सामानमा क्षति पनि पुगेको छ भने पठनपाठन सञ्चालनमा समस्या सिर्जना भएको छ ।

विद्यालय छुट्टी भइसकेपछि हुरीबतास चलेको थियो । रासस

यसमा तपाईंको मत

Loading...

सम्बन्धित सामग्री

थप

धेरै पढिएको

थप

मनोरञ्जन

थप

'कुमारी आमा' बन्ने... !

काठमाडौँ, ७ जेठ, अवैद्य रुपमा चेलिवेटी वेचविखान तथा ओसार प्रसार विरुद्ध सन्देशमुलक नेपाली चलचित्र 'कुमारी ...