खेलकुद

अन्जली र निशालाई स्वर्ण

काठमाडौं, ८ वैशाख, ब्लेसकी अन्जली महर्जन र सोतोकानकी निशा श्रेष्ठले पाँचौं उपत्यकाव्यापी कराते तथा किक बक्सिङ प्रतियोगितामा स्वर्ण जितेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शुक्रबार भएको महिला ३० केजीमा अन्जलीले आयोजक केन्द्रीय डोजोकी रोशना खड्का तथा ३५ केजीमा निशाले नरहरिपुरकी मुना शाक्यलाई फाइनलमा पराजित गरे ।

पुरुषको ३० केजीमा ब्लेसका सन्देश गुरुङ पहिलो भए । उनले फाइनलमा सोतोकानका निखिल केसीलाई हराए । पुरुष ६० केजी फाइनलमा सुन्दरीजलका सरोज तामाङले नरहरिपुरका राजकुमार श्रेष्ठलाई पाखा लगाउदै पहिलो स्थान हात पारे । प्रतियोगिताको राखेपका सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।

ब्राइट भिजनलाई उपाधि
एकीकृत तामाङ केन्द्रद्वारा आयोजित वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि ब्राइट भिजनले शुक्रबार जितेको छ । संखुमा भएको प्रतियोगिताको फाइनलमा ब्राइट भिजनले लक्की स्टारलाई ३–२ सेटमा पराजित गर्यो । उपाधिसँगै ब्राइट भिजनले ५० हजार र लक्कीले ३० हजार नगद पुरस्कार हात पारे । तेश्रो भएको जनहित युवा क्लबले २० हजार नगदमा चित्त बुझायो । १६ टिम सहभागी प्रतियोगिताको विजेतालाई सांसद् योगेन्द्र घिसिङले एक कार्यक्रमबीच पुरस्कार वितरण गरे ।

यसमा तपाईंको मत

Loading...

सम्बन्धित सामग्री

थप

धेरै पढिएको

थप

मनोरञ्जन

थप

'कुमारी आमा' बन्ने... !

काठमाडौँ, ७ जेठ, अवैद्य रुपमा चेलिवेटी वेचविखान तथा ओसार प्रसार विरुद्ध सन्देशमुलक नेपाली चलचित्र 'कुमारी ...