खेलकुद

एनटीए टोली जापान प्रस्थान

काठमाडौं, ८ वैशाख, १५ औं जापान ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुने आफ्नो टोलीलाई नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) ले बिदाइ गरेको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य उपेन्द्रकुमार पौडेलले टोलीलाई शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे ।

अप्रिल २३ देखि २५ तारिखसम्म हुने प्रतियोगितामा पुरुषको २५ केजीमा आयुश बोहरा, २७ केजीमा प्रजुन कुइकेल, २९ केजीमा विवेक श्रेष्ठ र ७४ केजीमा तिलक लामाले भाग लिने छन् । महिलाको २५ केजीमा प्रगति कुइकेलले नेपालको चुनौती प्रस्तुत गर्नेछिन् । सबै खेलाडीले पुम्से विधामा पनि भाग लिने छन् ।

प्रशिक्षकको भूमिकामा रहेका एनटीएका अध्यक्ष अशोक खड्काले पनि पुम्सेमा प्रतिस्पर्धा गर्नेछन् । व्यवस्थापकमा युनिटी तेक्वान्दो एकेडेमी, हङकङका अध्यक्ष दिल गुरुङ रहेका छन् । उनी हङकङबाट टोलीसंग मिसिने छन् र त्यत्तैबाट जापान जानेछन् । टोली आजै राती ११ः३० बजे जापान प्रस्थान गर्दैछ ।

यसमा तपाईंको मत

सम्बन्धित सामग्री

थप

मनोरञ्जन

थप