खेलकुद

डिपिएल क्रिकेटको फाइनल शनिबार, कडा टक्कर हुने अपेक्षा

धनगढी, ८ बैशाख, धनगढीमा जारी धनगढी प्रिमियर लिग क्रिकेट डिपिएलको उपाधि भिडन्त शनिबार हुँदैछ । बिहान ११ बजे एसएसपी क्रिकेट मैदानमा धनगढीमा सुरु हुने फाइनलमा टिम चौराहा धनगढी र विराटनगर किंगस उपाधिका लागि भिड्दै छन् ।

उपाधिका लागि तयार रहेको दुवै टिमका कप्तानले बताएका छन् ।
शुक्रबार भएको खेलअघिको पत्रकार सम्मेलनमा दुवै टिमका कप्तानले उपाधिका लागि उत्साही भएको बताए ।

धनगढी टिमका कप्तान पारस खड्काले राम्रो खेल्नेले जित्ने भन्दै आफ्नो टिम फर्ममा फर्किएको बताए ।

त्यस्तै विराटनगर किंगसका कप्तान शरद भेषावकरले आफ्नो टिममा युवाहरुको वर्चश्व भएकाले जितका लागि आतुर रहेको सुनाए ।
पहिलो चरणमा दोस्रो स्थानमा रहेर विराटनगर र चौथो स्थानमा रहेर धनगढी प्लेअफमा पुगेको थियो ।

पहिलो क्वालिफायरमा शीर्ष स्थान ओगटेको रुपन्देही च्यालेन्जर्सलाई हराएर विराटनगर फाइनलमा पुगेको हो ।

धनगढीले पहिलो इलिमिनेटरमा काठमाडौं गोल्डेन्सलाई र दोस्रो क्वालिफायर्समा रुपन्देहीमाथि जित निकाल्दै फाइनलमा ठाउँ बनाएको हो ।

पारस फर्ममा फर्किएपछि धनगढीले पछिल्ला तीन खेलमा जित निकालेको हो । लिगको पुछारमा रहेको अवस्थामा पारसले २१ बलमा ४२ रन बनाएर टिमलाई जिताएका थिए ।

६ टिमले सहभागीता जनाएको प्रतियोगिताको विजेताले १५ लाख तथा उपविजेताले ७ लाख रुपैयाँ जित्नेछ । म्यान अफ टोर्नामेन्टलाई टिभिएस अपाचे मोटरबाईक प्रदान गरिने छ ।

यसपटक पहिलो पटक अक्सन गरेर खेलाडी छानिएको थियो ।

यसमा तपाईंको मत

सम्बन्धित सामग्री

थप

मनोरञ्जन

थप