अर्थ

खुशीको खवरः नेपालले शून्य भन्सार दरमा अमेरिकामा ७७ वस्तु निर्यात गर्न पाउने

काठमाडौं, ८ बैशाख, ब्यापारीका लागि खुशीको खवर छ । अमेरिकाले नेपालका ७७ वस्तुलाई भन्सार छुट दिने भएको छ ।

विशेष व्यापार ग्राहयता स्पेसल ट्रेड प्रेफरेन्सअनुसार अमेरिकाले थप ११ वस्तुमा भन्सार छुट दिने भएसंगै नेपालले शून्य भन्सार दरमा ७७ वस्तु निर्यात गर्न पाउने भएको हो ।

नेपाल–अमेरिका व्यापार तथा लगानी ढाँचा सम्झौता टिफा काउन्सिलको बिहीबार काठमाडौंमा सम्पन्न तेस्रो बैठकमा सहभागी अमेरिकी प्रतिनिधिले नेपालका थप ११ वस्तुलाई भन्सार छुट दिने जानकारी दिएका हुन् ।

अमेरिकाले भूकम्पपछिको नेपालको आर्थिक पुनरुत्थानमा सघाउने भन्दै अघिल्लो वर्ष ६६ वस्तुमा भन्सार छुट दिने व्यवस्था गरेको थियो ।

यो सुविधाको उपयोग गर्दै तयारी पोसाक, गलैँचा, पस्मिना र हस्तकलाका उत्पादनको निर्यात उच्चदरमा बढाउन सक्ने देखिएको छ ।

यसअघि अमेरिकामा नेपाली वस्तुको निर्यातमा हाल १७ देखि ३३ प्रतिशतसम्म भन्सार लाग्दै आएको छ ।

अब भन्सार छुटसँगै अमेरिकामा नेपालको निर्यात उच्चदरमा बढ्ने सम्भावना छ ।

 

यसमा तपाईंको मत

सम्बन्धित सामग्री

थप

मनोरञ्जन

थप