सूचना/प्रविधि

अब कुरा गर्दागर्दै फोन काटिए क्षतिपूर्ति पाइने, सेवा नदिए कम्पनी बन्द

काठमाडौं, ८ बैशाख, नेपालमा मोबाइलमा कुरा गर्दा लाइन काटिने वा कुरा गर्न नपाउने स्थिति सामान्य हो । नेटवर्क नटिपेको भन्दै माफ गर्नुहोला भन्ने पनि सुनिएकै हो ।

तर अब मोबाइलमा कुरा गर्दागर्दै फोन काटिए सेवाप्रदायकले क्षतिपूर्ति दिनुपर्ने भएको छ ।

विनियमावली बमोजिम सेवाको गुणस्तर कायम नगरेका कारण मोबाइलमा कुरा गर्दागर्दै आफै फोनकल काटिने (कल ड्रप) भएमा सो कुरा गरेको समयावधि (पल्स बराबरको शुल्क वा फोनकल दर बराबरको रकम सेवाप्रदायकले क्षतिपूर्तिका रूपमा ग्राहकलाई उपलब्ध गराउनुपर्नेछ ।

यसरी क्षतिपूर्ति बराबरको रकम प्रदान गरेको बारेमा सम्बन्धित ग्राहकलाई जानकारीसमेत गराउनुपर्ने विनियमावलीमा उल्लेख छ ।

प्राधिकरणले कल लागिसक्नुपर्ने समय ५ सेकेन्ड तोकेको छ ।

जसअनुसार एउटा मोबाइलबाट अर्को कुनै मोबाइलमा फोन गर्दा पाँच सेकेन्डमा कल कनेक्सन) हुनुपर्नेछ ।

यदि तोकिएको समयमा कल स्थापित नभए सेवा गुणस्तरहीन भएको ठहरिने छ । तर कार्वाही हुनेमै शंका खडा भएको विज्ञहरु बताउँछन् ।

किनकि नेपाल विश्वमै सबैभन्दा बढी नियम बनाउँछ कार्यान्वयन कम गर्छ ।

यसमा तपाईंको मत

सम्बन्धित सामग्री

थप

मनोरञ्जन

थप