राजनीति

फोरम लोकतान्त्रिक र थारुहट तराई पार्टीबीच एकीकरण

काठमाडौँ, ७ वैशाख, मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) र थारुहट तराई पार्टी नेपालबीच आज पार्टी एकीकरण भएको छ । विजयकुमार गच्छदारले नेतृत्व गरेको पार्टी फोरम नेपाल (लोकतान्त्रिक) र भानुराम थारुले नेतृत्व गरेको थारुहट तराई पार्टी एकीकरण भएको हो ।

एकीकरणपछि पार्टीको नाम नेपाल लोकतान्त्रिक फोरम राख्ने भनिए पनि महाधिवेशनपछि मात्र नेपाल लोकतान्त्रिक पार्टी राख्ने सहमति भएको सांसद रामजनम चौधरीले जानकारी दिए ।

जनताको हितका लागि फुटेरभन्दा पनि जुटेर काम गर्नुपर्ने मनसायका साथ पार्टी एकीकरण भएको थरुहट तराई पार्टी नेपालका महासचिव मीनराज चौधरीले जानकारी दिए ।रासस

यसमा तपाईंको मत

सम्बन्धित सामग्री

थप

मनोरञ्जन

थप