समाज

हरवा चरवा ऋण मिनाहासहित खारेजीको माग

काठमाडौँ, ७ वैशाख, हरवा, चरवा अधिकार मञ्च र बाँधा श्रम सञ्जाल नेपालले अन्यायपूर्ण श्रम सम्बन्धको रुपमा रहेको हरवा चरवा प्रथा ऋण मिनहासहित तत्काल खारेजीको माग गरेको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर मञ्चले यस्तो माग गरेको हो ।

त्यस्तै मञ्चले सरकारको प्रस्तावित बजेट हरवा चरवाको पक्षमा खर्च गर्न समेत माग गरेको छ । मञ्चका अध्यक्ष दर्शन मण्डलले हरवा चरवाहरुको ऋण तत्काल सरकारले मिनहा गर्नुपर्ने बताउँदै हरवा चरवाहरुको तथ्याङ्क संकलन समेत प्रारम्भ गर्न माग गरे । उनले भने, 'प्रस्तावित बाँधा श्रम सम्बन्धी विधेयकको प्रक्रिया पनि अगाडि बढाउने कार्य प्रारम्भ गरियोस् ।'

मञ्चले हरवा चरवा बस्नुको कारण समेत विज्ञप्तिमार्फत उल्लेख गरेको छ । गिरहतको चर्को ब्याजको ऋणको चङ्गुलबाट फुत्किन नसक्नुले हरवा तथा चरवाहरु दिनादिनु समस्यामा परिरहेको उनीहरुको गुनासो छ । अध्यक्ष मण्डलले भने, 'काम गरेको ज्याला पनि ऋणको ब्याजवापत कटौति हुने भएकोले पुस्तौं पुस्तासम्म ऋणीकै रुपमा रहनुपर्ने हाम्रो बाध्यता छ, यतातिर राज्यले ध्यान दिनुपर्छ ।' त्यतिमात्रै नभएर उनीहरुले आफूहरु बिरामी पर्दा काम गर्न नसक्दा हर्जाना तिर्नुपरेको समेत गुनासो राखेका छन् ।

यसमा तपाईंको मत

सम्बन्धित सामग्री

थप

मनोरञ्जन

थप