राजनीति

भारतको सुध्रिएन दादागिरी, सबै पक्ष मिलाएर संविधान कार्यान्वयन गर्न दबाब

काठमाडौं, ७ बैशाख, भारतले फेरि पनि आफ्नो दादागिरी देखाउन छाडेको छैन । भारतले मंगलबार राष्ट्रपछि विद्यादेवी भण्डारीसंग भएको उच्चस्तरीय भेटवार्ताको भोलिपल्ट बुधबार सबै पक्षलाई मिलाएर संविधान कार्यान्वयन गर्न दबाब दिएको छ ।

भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी सबै पक्षलाई मिलाएर संविधान कार्यान्वयन गर्नुपर्ने भारतीय धारणा सार्वजनिक गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार भारतीय समकक्षी प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीलगायतका नेतालाई भेटेकी थिइन् ।

विज्ञप्तिमा उल्लेख छ, ‘राष्ट्रपति भण्डारीको भनाइले मधेसीसहित नेपालमा मध्यमार्गी असन्तुष्ट समूहलाई संवादमार्फत सहमतिमा लिएर अघि जाने पक्षमा नेपाल छैन भन्ने धारणा स्पष्ट भयो, यसले नेपाल–भारत सम्बन्ध सुमधुर हुँदैन, नेपालले स्थिरता पनि प्राप्त गर्दैन ।’

 

 

यसमा तपाईंको मत

सम्बन्धित सामग्री

थप

मनोरञ्जन

थप