समाज

खुशीको खवरः भारतले मिचेको ५० हेक्टर बढी भूभाग नेपालले फिर्ता पायो

कपिलवस्तु, ७ बैशाख, भारतले उपभोग गर्दै आएको ५० हेक्टरभन्दा बढी भूभाग नेपालले फिर्ता पाएको छ ।  

नेपालको कपिलवस्तु र भारतको बलरामपुर जिल्लाको सिमाना साँध मानिएको अर्ररा नदीपारिको भूभाग नेपालको भएको पुष्टि भएपछि भारतले फिर्ता गरेको हो ।

नेपाल–भारतको सिमाना नापजाँच संयुक्त टोलीले उक्त क्षेत्रमा गरेको नापी तथा सर्वेमा नेपाली भूभाग भारतले मिचेको प्रमाणित भएको थियो ।  

अर्ररा नदीपारिको वन क्षेत्र, नदी तथा खेतसमेत नेपालको भूमिमा परेको छ ।  

विजयनगर गाउँपालिका–१ जबाबैराठ छोएर बग्ने अर्ररा नदी पारीसमेत नेपाली भूमि बढेपछि संयुक्त सर्वे टोलीले स्तम्भ निर्माण गरी सिमाना छुट्याएको छ ।

सिमानासँग जोडिएको कपिलवस्तुको गौतम बुद्ध साझेदारी वनको १३ हेक्टर वन क्षेत्र भारतमा परेको थियो ।

यस्ता धेरै क्षेत्रमा भारतले हस्तक्षेप गरेको भए पनि यो क्षेत्रफल नेपालले पाउँदा भने स्थानीय खुशी भएका छन् ।

 

यसमा तपाईंको मत

सम्बन्धित सामग्री

थप

मनोरञ्जन

थप