पर्यटन/संस्कृति

संजय पण्डित एक लाख नगदसहित सम्मानित

काठमाडौँ, ६ वैशाख, विश्व कृतिमानी पर्वतारोही एवम् लामो दुरीका धावक संजय पण्डित रु. एक लाख नगद सहित सम्मानित भएका छन् । बुधवार काठमाडौँको बत्तिसपुतलीमा आयोजित कार्यक्रममा गोल्डेन गेट इन्टरनेशनल कलेजले नगद र ताम्रपत्र सहित साहसिक खेलकुद अवार्डद्वारा सम्मान गरेको हो । 

कलेजका कार्यकारी प्रमुख रमेशकुमार सिलवालले पण्डितलाई ताम्रपत्र एवम् चेक हस्तान्तण गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि सिलवालले सगरमाथादेखि अन्टारटिकासम्म संजयको आरोहणसँगै गोल्डेन गेट कलेजले पनि विजय प्राप्त गरेकोले आफू अत्यन्त खुसी रहेको बताए । उनले आगामी दिनमा संजयको थप सफल कृर्तिमानी आरोहणको कामना पनि गरे । 

सम्मानित हुँदै पण्डितले आफ्नो विश्व आरोहणमा आईल्याण्ड पिक सगरमाथादेखि अन्टारटिकाको ११ पर्वतको आरोहणसम्म तन, मन र धन दिई सहयोग गर्ने गोल्डेन गेट कलेज र कार्यकारी प्रमुख सिलवाललाई विशेष धन्यवाद दिए ।

यसमा तपाईंको मत

Loading...

सम्बन्धित सामग्री

थप

धेरै पढिएको

थप

मनोरञ्जन

थप

'कुमारी आमा' बन्ने... !

काठमाडौँ, ७ जेठ, अवैद्य रुपमा चेलिवेटी वेचविखान तथा ओसार प्रसार विरुद्ध सन्देशमुलक नेपाली चलचित्र 'कुमारी ...