स्वास्थ्य

आजबाट देशभर भिटामिन ए र जुकाको औषधि खुवाइदै

काठमाडौँ, ६ वैशाख, देशभरका बालबालिकालाई आजबाट भिटामिन ए र जुकाको औषधि खुवाइँदै छ । प्रत्येक ६ ६ महिनामा संचालन गरिने यो अभियान अन्तर्गत देशभरका बालबालिकालाई अभियानकै रुपमा वैशाख ६ गतेदेखि ९ गतेसम्म भिटामिन ए खुवाइने कार्यक्रम छ । 

छ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि साथै पोषण खाना पनि खुवाइन्छ । 
बालबालिकाको पोषणको अवस्था जानकारी लिन पाखुराको नाप लिने र आवश्यकता अनुसार बालबिटा पनि वितरण गरिँदै आएको छ । भूकम्प प्रभावित १४ जिल्लामा बालबालिकामा पोषणको नाप लिने र थप खाना र पुरक खाना पनि प्रदान गरिँदै आएको छ । 

पाखुराको नाप लिँदा हरियो चिन्ह आएमा सामान्य अवस्था, पहेँलो चिन्ह आएमा कुपोषण भएको र रातो चिन्ह आएका कडा खालको कुपोषण भएको मानिन्छ । कुपोषण देखिएका बालबालिकालाई क्रमशः थप खाना र पुरक खाना खुवाइन्छ । रातो आएका बच्चालाई थप उपचारको पनि जरुरत पर्ने काठमाडौँ महानगरपालिका वडा नं. ३१ का वडा क्लिनिक इन्चार्ज ऋषि भुषालले जानकारी दिए । उनका अनुसार सो वडामा पनि कुपोषण भएका बालबालिका आएको र नियमित निगरानिमा राखेर उपचार भइरहेको छ । 

यसमा तपाईंको मत

Loading...

धेरै पढिएको

थप

मनोरञ्जन

थप

'कुमारी आमा' बन्ने... !

काठमाडौँ, ७ जेठ, अवैद्य रुपमा चेलिवेटी वेचविखान तथा ओसार प्रसार विरुद्ध सन्देशमुलक नेपाली चलचित्र 'कुमारी ...